नवौँ राष्ट्रिय खेलकुद : आइटिएफमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : आइटिएफमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दोअन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन र गण्डकी प्रदेशले एक स्वर्ण हात पारेको छ ।

निलो पेटीतर्फ नेपाली सेनाका धनसिँह परियार, कालो पेटी पहिलो डानमा सेनाकै भीमबहादुर तामाङ र निलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । रोतो पटीतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक र लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत पदक हाँसिल गरेका छन् ।

निलो पेटीमा प्याट्रनतर्फ लुम्बिनीका सफल परियारले रजत, कालो पेटीमा गण्डकी प्रदेशका प्रविण बुढाले रजत र निलो पेटी महिलामा गण्डकीकै मोनिका कुँवरले रजत पदक प्राप्त गरेको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् ।

आइटिएफका एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका बाँकी खेल आइतबार बिहानदेखि सुरु हुनेछन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । प्रतियोगिताको शुनिबार बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ६ : ३४ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन