एमाले घोषणापत्रलाई अन्तिम रुप दिँदै « Khabarhub

एमाले घोषणापत्रलाई अन्तिम रुप दिँदै


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संसदीय निर्वाचन नजिकिएसँगै प्रमुख प्रतिपक्षी नेकपा एमाले घोषणापत्रलाई अन्तिम रुप दिन केन्द्रित भएको छ ।

त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु शनिबार ललितपुरको लाँकुरीभन्ज्याङस्थित ‘द टेरेसेस रिसोर्ट’ पुगेका छन्। मस्यौदालाई अन्तिम रुप दिन ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाको सहयोग लिइरहेका छन्।

एमालेले तीन दिनभित्र घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्रियता, सुशासन, समृद्धि, रोजगारी अभिवृद्धि, भ्रष्टाचार नियन्त्रणजस्ता विषयलाई मुख्य एजेन्डा बनाउँदै एमालेले निर्वाचन घोषणापत्रलाई अन्तिम रूप दिने तयारी गरेको बताइएको छ।

एमालेले २६ साउनमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो। अध्यक्ष ओलीको संयोजकत्वमा रहेको कमिटीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन्।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : ५९ बजे

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी

नयाँ सांसद आउँदा नयाँ संसद् भवन प्रयोग हुने

काठमाडौं– संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ