एक महिनामा जागेको इरानको नयाँ पुस्ता | Khabarhub Khabarhub

एक महिनामा जागेको इरानको नयाँ पुस्ता


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

अहिले इरानमा धार्मिक नियमको विरुद्धको भएको विद्रोह देशव्यापी फैलिएको छ। आफ्नो पुर्खाहरूले पुस्तौँ पुस्तासम्म विद्रोह गर्न नसकेर स्वीकार गरेको नियमको विरुद्धमा अहिले आगो नै बलेको छ। पछिल्लो पुस्ताको मनमा रहेको यो विद्रोहको आगो त्यत्तिकै निभ्ने कुनै छाँटकाँट नै देखिएको छैन।

सामाजिक सञ्जाल र भिडियो म्यासेजमा युवाहरूले ज्यान नै जोखिममा राखेर यो विद्रोह गर्नुका कारण प्रस्ट पारेका छन्। ‘धर्मगुरुहरू हारे’ यो नारा अहिले ११ वर्ष पुरा भएका छात्राहरूको कक्षा कोठाबाटै फैलिइरहेको छ। सबै तीर यहीँ नारा लाग्न थालेको छ। सर्वमान्य धार्मिक नेता आयोतल्लाह खमिनिलाई मुर्दावाद लेखिएको तथा उनको शवको तस्बिर बनाइएको र रिप लेखिएको दृश्य धेरै युवा इरानीहरूको सामाजिक सञ्जालमा देख्न थालिएको छ।
‘ हामी सबै एक जुट भएनौ भने हामीलाई अर्को मसाहा अमिनी बनाइने छ,’ प्रहरी हिरासतमा मारिएकी ती किशोरीप्रति समर्पित युवाहरूले भन्ने गरेका छन्। हिजाब नलगाएको कारण हिरासतमा राखिएकी अमिनी त्यहीँ मारिएकी हुन्।

अधिकारीले हिंसा भड्काउनुका बाबजुद विद्रोहीहरूले कुनै पनि हालतमा विद्रोह छाड्ने कुनै लक्षण नै देखाएका छैनन्। एक २२ वर्षीया टिकटकर हादिस नाजाफीले एउटा भिडियो बनाएकी छिन्। त्यस भिडियोमा भविष्यको इरानको परिकल्पना गरिएको छ। ‘मलाई विश्वास छ अब हामी राम्रो इरानको निर्माण गर्न गइरहेको छौ।’ अहिले त्यो भिडियो त भाइरल भएको छ। राम्रो इरानको सम्भावना र बाटो पनि तयार हुँदैछ। तर, ती युवतीले त्यो राम्रो इरान कहिल्यै पनि हेर्न नपाउने भई सकेकी छिन्। अधिकारीको गोलीबाट तीनको ज्यान गइसकेको छ।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा उनलाई प्रहरीले मुटु, छाती र घाटीमा गोली हानेको छ। ‘तिनी कामबाट घरमा आएर आफूलाई भोग लागेको तथा एकदमै चाँडो खाना तयार गर्न भनेकी थिइन्। तर, खाना तयार नहुँदै भोकै रहेकी उनी अमिनीको नाममा भएको विरोध कार्यक्रममा गएकी थिइन् ’, उनकी आमाले भनिन् ‘भोकै हिँडेकी उनी कहिल्यै पनि फर्केर आइनन्।’

मानव अधिकार सङ्गठनले दर्जनौँको ज्यान गएको तथा सयौँ गिरफ्तार भएको जनाएको छ। इरानको पछिल्लो पुस्ता ‘जेनेरेसन जेड’ अहिले यसको मूल्य चुकाइरहेको छ। इरानको समाजशास्त्री परिवर्तनको पक्षमा यो आवाज उठाउने काममा सामाजिक सञ्जालको भूमिका धेरै नै भएको बताउँछन्। उनले यस बिना अर्को कुनै परिवर्तन नै हुन नसक्ने बताएका छन्। यो पुस्ता आफूले बाँचेको दुनियाँ र अहिलेको संसारको बारे पूर्ण जानकार छ। जीवन फरक ढङ्गले पनि बाच्न सकिन्छ भन्ने कुरा उनीहरूले महसुस गरेका छन्। उनका अनुसार पछिल्लो पुस्ताले यसै सत्ताबाट कुनै राम्रो सम्भावना नै देख्न नसकेका कारण विद्रोह बढेको हो।

१६ वर्षीय भिडियो ब्लगर सरिना इस्माइल जादेह पनि आफ्नो निर्भीकपन खुलेरै देखाउन थालेकी थिइन्। ‘हामी २० वर्ष अगाडिको त्यो पुस्ता होइनौ जसलाई इरान बाहेकको संसारको बारे कुनै कुरा थाहा नै छैन,’ युट्युब च्यानलमा उनले पोस्ट गरेकी छन्। न्युयोर्क र लस एन्जलसका मानिसहरूको जस्तो जीवन हाम्रो किन छैन ? भन्ने प्रश्न हामीले आफैलाई सोध्न थालेका छौ।’ तीनले थप उल्लेख गरेकी छन्। सम्मानपूर्वक जीवन बाच्ने सन्दर्भमा कुनै पनि कसर बाँकी नराख्ने र कुनै पनि जोखिम मोल्न उनीहरू तयार भएको प्रस्ट देखिएको छ। तर, जादेहको त्यो जोशीले जीवन पनि धेरै दिन रहेन।

यसरी मर्नेको दृश्य र उनीहरू माथि गरिएको प्रहार त हेर्दा पनि पीडा दायक नै छ। विरोध गर्न घरबाट बाहिर निस्किएकी सरिनालाई टाउकोमा कैयौँ प्रहार गरेर मारिएको थियो। इरानका अधिकारले यसलाई अस्वीकार गरेका छन्। आफ्नै घरको छतबाट हाम फालेर उनले जीवन त्यागेको झुटो बयान इरानका अधिकारले बारम्बार दिएका छन्।

एक भिडियोमा सरिनाले ‘टेक म टु चर्च’ गीत गाएकी छिन्। यो गीत आयरल्यान्डमा रोमन क्याथोलिकको कठोरताविरुद्धमा गाइएको गीत हो। संसार भरी स्वतन्त्रता चाहनेहरूका लागि यो एउटा साझा गीत नै बनी सकेको छ। मानव अधिकार अध्ययनकर्ता अजादे पोर्जान्ड अहिले परिवर्तनको गम्भीर मोडमा सबै जना पुगेको बताउँछिन्। उनको विचारमा अबको युवा पुस्ता आफ्नो माग र आफ्नो आवश्यकताका बारे प्रस्ट भइसकेको छ। ‘उनीहरू आफ्नो कुरा प्रस्ट राख्ने भएका छन्’, उनले भनिन् ‘आफ्ना मागका बारे वार्ता गर्नु। यसलाई सबैसँग राख्नु र माग गर्न उनीहरू सफल भइरहेका छन्।’

यो पुस्तालाई इस्लामिक कठोरताका विरुद्धमा आफ्नो पुस्ताले उठाएको आवाज के कारणले सफल भएन भन्ने प्रस्टसँग थाहा छ। ‘तिनीहरूको पुरानो पुस्ताकै भविष्य हो’, उनले भनिन्, ‘तिनीहरू यस्तो जीवन चाहन्छन्, जुन जीवनमा कुनै पनि किसिमको चिन्ता नहोस्।’

धेरै आन्दोलनकारीको पोर्जान्डसँग व्यक्तिगत सम्बन्ध पनि छ। उनकी आमा मेरान्गीज कार इरानको चर्चित मानव अधिकारवादी कानुन व्यवसायी हुन्।तर, उनी देश छाड्न बाध्य पारिएकी थिइन्। छोरी पर्जान्डकै अनुसार उनकी आमालाई यो विद्रोह देख्दा गर्वको महसुस भएको छ। साथै त्यहाँ भएको क्षतिका कारण त्यत्तिकै दुख पनि।

विश्व विद्यालयमा केटा र केटी भिन्नै बसेर खाना खाने नियमलाई उल्लङ्घन भएका दृश्यले पर्जान्डकी आमालाई खुसी तुल्याउन थालेको छ। यिनीहरू विश्वविद्यालयको क्यान्टिनमा सँगै बसेर खाना खाने गरेका छन्। ‘मैले जीवनभर गरेको सङ्घर्षको उपहार पाएको छ’ आमाको कथनलाई उद्धृत गर्दै पर्जान्डले भनेकी छन्।

अहिले त्यहाँको प्रदर्शनमा कलिला उमेरको बच्चाको उपस्थिति साँच्चै उत्साहजनक नै छ। इस्लामिक रेभुलेसनरी गर्ड कप्स (आईआरजीसी)को एक अध्ययन अनुसार त्यो विरोध प्रदर्शनमा गिरफ्तार हुनेको औसत उमेर १५ वर्ष छ। आईआरजीसीकै सहायक कमान्डर अली फदावीका अनुसार सबै भन्दा धेरै विद्यालयमा यो प्रदर्शनको आगो फैलिएको छ।

यसरी विद्रोहमा गएर जीवन सकाउने धेरै जना मध्य १७ वर्षीया निका सकारामी पनि एक हुने। अनिवार्य हिजाब पहिरनविरुद्धमा प्रदर्शनमा गएकी उनी २० सेप्टेम्बर देखि हराएकी हुन्। धेरै जनाले उनलाई प्रहरीले मारेर फ्याकेको बताउँछन्। उनको मृत्युबारे प्रश्न उठाएका कारण अन्य पाँच जनालाई प्रशासनले मारेको छ। तर, प्रशासनिक अधिकारीहरू सकारामीको मृत्यु घरको छतबाट लडेर भएको भन्ने दाबी गर्न भने छाडेको छैनन्।

देश भित्र यो आगो दन्की रहे पनि खमिनी भने विदेशीको उक्साहटमा भएको विद्रोहको आरोप लगाउन छाडेका छैनन्। उनले अमेरिका र इजरायलले इरानका नागरिकलाई सरकारका विरुद्धमा उचालेको आरोप लगाउन छाडेका छैनन्। त्यहाँका एक व्यक्ति गोलाम हुसेन मुसेनी एजीले अमिनीको मृत्युको बारे बताएका छन्। सार्वजनिक भएको भिडियो अनुसार एक घण्टामा सबै कुरा सकिएको थियो। अमिनीलाई हिरासतमा लगिए पछि यातना दिइएको थियो। उनको ढाडमा समेत प्रहार गरिएको थियो भुईँमा पछारेर उनको शरीर माथि हिँड्ने काम समेत भएको थियो। तीनको ज्यान गए पछि उनलाई अस्पताल लगिएको थियो। इरानी अधिकारीले नै त्यस भिडियो सार्वजनिक गरेका थिए।

१६ सेप्टेम्बर २०२२ मा भएको त्यो दुर्घटनापछि इरान सरकारले भिडियो सार्वजनिक गर्नुको कारण युवतीहरूलाई मानसिक त्रास उत्पन्न गराउने थियो। परिस्थिति त्यहाँका अधिकारीले सोचे भन्दा फरक भएको छ। सायद अबको पुस्तालाई इरान सरकारले सजिलै रोक्न सक्ने छैन। स्रोत : बीबीसी, मनिटर डटकम

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ८ : ४८ बजे

देशका केही स्थानमा मेघगर्जन-चट्याङसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

संघीय संसद् अधिवेशन आजदेखि

काठमाडौं– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन

आज २०८१ साल वैशाख २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २८ गते शुक्रबार तदनुसार

आइएसएसआर नीति बहस : बजेट आकारदेखि युवा पलायनसम्मका समस्या मन्थन

काठमाडौं – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसिओ–इकोनोमिक रिसर्च (आइएसएसआर) र

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको