स्वास्थ्य शिविरमा एक हजार दुई सयले लिए सेवा « Khabarhub

स्वास्थ्य शिविरमा एक हजार दुई सयले लिए सेवा


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – जिल्लाको शिवपुरी गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार दुई सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्। शुक्रबार र शनिबार दुई दिन सञ्चालन गरिएको शिविरमा एक हजार दुई सय दुई जनाले स्वास्थ्य जाँच एवं परीक्षणसहित औषधि सेवा लिएको गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिए।

उनका अनुसार शिविरमा आँखाको उपचारसहित मोतियाविन्दुको शल्यक्रिया, मेडिकल सामान्य चिकित्सा सेवा, महिला तथा स्त्रीरोगसम्बन्धी परीक्षणसहित पाठेघर खस्नेसम्बन्धी उपचार सेवा, दन्त परीक्षण र विभिन्न किसिमका सर्जरी सेवा उपलब्ध गराइएको थियो। सर्जरी सेवामा शरीरमा गाँठागुँठी भएका, कोठी पलाएको, खिल पल्टेकाको शल्यक्रिया, हर्निया र हाइड्रोसिल शल्यक्रिया तथा पुरुष बन्ध्याकरण सेवा प्रदान गरिएको छ।

काठमाडौँ र सिन्धुपाल्चोकसँग सीमा जोडिएको शिवपुरी गाउँपालिका भौगोलिकरूपमा दुर्गम, सडक सञ्जालको पहुँच अभावलगायतका कारण बिरामीले घर छाडेर स्वास्थ्य संस्थासम्म जचाउन जानका लागि चासो नदिने भएकाले पालिकाले निःशुल्क शिविर सञ्चालन गरेर बिरामीको पहिचान, उनीहरूको रोगको उपचारसहित स्वास्थ्यसम्बन्धी सचेतनासमेत फैलाएको शिवपुरी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख उद्धव कार्कीले जानकारी दिए। उनका अनुसार बिरामीलाई शिविरमा आउजाउ गर्न प्रत्येक वडाबाट निःशुःक यातायात सुविधा उपलब्ध गराइएको थियो।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ८ : ४३ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर