रुसी सैन्य तालिम स्थलमा हमला हुँदा ११ जनाको मृत्यु | Khabarhub Khabarhub

रुसी सैन्य तालिम स्थलमा हमला हुँदा ११ जनाको मृत्यु


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी सैन्य तालिम स्थलमा बन्दुकधारीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको छ।

हतियारको तालिमको क्रममा युक्रेनमा लड्न स्वयसेवा गरेको एउटा समूहमा दुई व्यक्तिले गोली हानेको राज्यको स्वामित्वमा रहेको समाचार एजेन्सी रियाले जनाएको छ।

आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका रहेको रुसी रक्षा मन्त्रालयले जनाएको छ तर, विस्तृत विवरण भने दिइएको छैन। आक्रमणमा थप १५ जना घाइते भएका छन्।

‘स्वैच्छिक रूपमा ृयुक्रेन विरुद्धे विशेष सैन्य अभियानमा भाग लिन इच्छा व्यक्त गर्ने व्यक्तिलाई हतियार प्रशिक्षण सत्रको क्रममा आतंककारीहरूले एकाइका कर्मचारीहरूमाथि साना हतियारले गोली हाने’, रियाले रक्षा मन्त्रालयको बयानलाई उद्धृत गर्दै लेखेको छ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ११ : ३४ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले