प्रदेश सभा निर्वाचनमा महिलाको उम्मेदवारी शून्य « Khabarhub

प्रदेश सभा निर्वाचनमा महिलाको उम्मेदवारी शून्य


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा महिला उम्मेदवारको उपस्थिति निराशाजनक रहेको पाइएको छ।

निर्वाचन आयोगका अनुसार सात प्रदेशमा ३३० सिटको लागिको हुने निर्वाचनमा ३ हजार २२३ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दिनेमध्ये २ हजार ९४३ जना पुरुष छन् भने २८० जना महिला रहेका छन्। परेको कुल उम्मेदवारीमध्ये महिलाको संख्या मात्र ८.६८ प्रतिशत रहेको छ।

आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेश सभाका ३३० सिटमध्ये १५८ वटामा एक जना महिलाको पनि उम्मेदवारी परेको छैन। अर्थात् करिब आधा सिटमा एक जना पनि महिला प्रतिस्पर्धामा उत्रिएका छैनन्। कुल ४७.८७ प्रतिशत सिटमा महिला उम्मेदवारी शून्य रहेको छ।

प्रदेश सभाका कुल सिटमध्ये १०८ वटामा मात्र एक–एक जना महिलाले उम्मेदवारी दिएका छन्। ३९ वटा सिटमा महिला उम्मेदवारको संख्या दुई–दुई जना रहेको छ।

यस्तै, प्रदेश सभाको १३ सिटमा महिला उम्मेदवारको संख्या तीन–तीन जना रहेको छ। पाँच सिटमा महिला उम्मेदवारको संख्या चार–चार जना रहेको छ भने सात सिटमा महिला उम्मेदवार पाँच–पाँच जना रहेका छन्।

प्रदेश सभातर्फ प्रदेश नं.१ मा ५२, मधेश प्रदेशमा ७४, बागमती प्रदेशमा ८०, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा २९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १३ जना महिलाले उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : ०० बजे

अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

चितवन– चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको

दुई अर्ब १६ करोडको क्रिप्टो कारोबारपछि प्रहरी हिरासतमा

काठमाडौँ– गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको  अभियोगमा  धनुषाको सबैला नगरपालिका–१२

दुर्लुङदेखि कुश्मासम्म अम्बा बेच्ने जमुनाको संघर्ष (तस्बिरहरू)

काठमाडौं– पर्वतको कुश्मा नगरपालिका–३ स्थित दुर्लुङ गाउँकी जमुना परियार गाउँका

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

धनुषा– मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि