प्रदेश सभाका यी दश क्षेत्रमा सबैभन्दा धेरै उम्मेदवार  « Khabarhub

प्रदेश सभाका यी दश क्षेत्रमा सबैभन्दा धेरै उम्मेदवार 


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी रौतहट निर्वाचन क्षेत्र नं. (क) मा परेको छ। सो क्षेत्रमा २८ जना पुरुष र २ जना महिला गरी ३० जनाको उम्मेदवारी परेको छ।

प्रदेश सभातर्फ ठूलो संख्यामा उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र नं.३ (ख)मा परेको छ। यो क्षेत्रमा २२ जना पुरुष र ५ जना महिला गरी २७ जनाले उम्मेदवारी दिएका छन्।

प्रदेश सभामा तेस्रो ठूलो उम्मेदवारी महोत्तरी निर्वाचन क्षेत्र नं.३ (ख)मा परेको छ। यस क्षेत्रमा २५ जना पुरुष र एक जना महिला गरी २६ जनाबीच प्रतिस्पर्धा हुने निर्वाचन आयोगले जनाएको छ।

चौथो ठूलो संख्यामा उम्मेदवारी महोत्तरी निर्वाचन क्षेत्र नं.४ (क)मा २२ जना पुरुष र ३ जना महिला गरी कुल २५ जनाको परेको छ। कविलवस्तुको निर्वाचन क्षेत्र नं.३ (ख)मा २४ जना पुरुष र एक जना महिला गरी कुल २५ जनाको उम्मेदवारी परेको छ।

आयोगका अनुसार छैठौं ठूलो संख्यामा उम्मेदवारी परेको रौतहट निर्वाचन क्षेत्र नं.४ (ख)मा २३ जना पुरुष र एक जना महिला गरी २४ जनाबीच प्रतिस्पर्धा हुनेछ।

सातौं ठूलो संख्यामा उम्मेदवारी महोत्तरीको निर्वाचन क्षेत्र नं.४ (ख)मा परेको छ। यसक्षेत्रमा १७ जना पुरुष र ५ जना महिला गरी २२ जनाबीच प्रतिस्पर्धा हुँदैछ।

आठौं ठूलो संख्यामा उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र नं.३ (क) मा परेको छ। यो क्षेत्रमा १९ जना पुरुष र एक जना महिला गरी २० जनाले उम्मेदवारी दिएका छन्।

नवौं र दशौं ठूलो संख्यामा उम्मेदवारी क्रमशः महोत्तरी निर्वाचन क्षेत्र नं.२ (ख) र ४ (ख)मा परेको छ। यी दुवै क्षेत्रमा २०–२० जनाले उम्मेदवारी दिएका छन्।

महोत्तरी निर्वाचन क्षेत्र नं.२ (ख)मा १८ जना पुरुष र दुई जना महिलाको उम्मेदवारी परेको छ भने महोत्तरी निर्वाचन क्षेत्र नं.४ (ख)मा १९ जना पुरुष र एक जना महिलाले उम्मेदवारी दिएको आयोगले जनाएको छ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : १२ बजे

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा