सत्यमोहनको निधनबाट राष्ट्रले अभिभावक गुमायो : राष्ट्रपति « Khabarhub

सत्यमोहनको निधनबाट राष्ट्रले अभिभावक गुमायो : राष्ट्रपति


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएकी छन्।

राष्ट्रपति भण्डारीले जोशीको निधनबाट पीडाबोध भएकोसमेत उल्लेख गरेकी छन्। उनले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताइन्।

राष्ट्रपतिले भनिन्, ‘वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएकामा पीडाबोध भएको छ।’ जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको राष्ट्रपतिको भनाइ छ।

जोशीको आज बिहान किष्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। राष्ट्रपतिले जोशीप्रति श्रद्धाञ्जलिसमेत अर्पण गरेकी छन्।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : २६ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको