सत्यमोहनको निधनबाट राष्ट्रले अभिभावक गुमायो : राष्ट्रपति | Khabarhub Khabarhub

सत्यमोहनको निधनबाट राष्ट्रले अभिभावक गुमायो : राष्ट्रपति


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएकी छन्।

राष्ट्रपति भण्डारीले जोशीको निधनबाट पीडाबोध भएकोसमेत उल्लेख गरेकी छन्। उनले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताइन्।

राष्ट्रपतिले भनिन्, ‘वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएकामा पीडाबोध भएको छ।’ जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको राष्ट्रपतिको भनाइ छ।

जोशीको आज बिहान किष्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। राष्ट्रपतिले जोशीप्रति श्रद्धाञ्जलिसमेत अर्पण गरेकी छन्।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : २६ बजे

मानिसको शरीरमा देखिने जन्म चिन्ह के हो ?

काठमाडौँ– कतिपय बालबालिकाको शरीरमा साना काला, निला र राता दागहरू

कोशी र गण्डकी प्रदेशका केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल फागुन १२ गते शनिबार तदनुसार

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८० साल फागुन १२ गते शनिबार तदनुसार

आज २०८० साल फागुन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल फागुन १२ गते शनिबार तदनुसार