‘जनताका हक अधिकार र विकासलाई सम्बोधन गर्न संयुक्त गठबन्धन’ « Khabarhub

‘जनताका हक अधिकार र विकासलाई सम्बोधन गर्न संयुक्त गठबन्धन’


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिरहा– पूर्व शिक्षा मन्त्री तथा नेपाली कांग्रेसका नेतृ चित्रलेखा यादवले गणतन्त्रको रक्षाको निम्ति संयुक्त गठबन्धन बनेको बताएकी छन् । सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् ।

सिरहा क्षेत्र नं. २ का संयुक्त गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेद्वार समेत रहेकी यादव चुनावी अगुवा कार्यकर्ताको भेलामा जनताले प्राप्त गरेको उपलब्धीको रक्षा गर्दै जनताका हक अधिकार एवम् विकासलाई सम्बोधन गर्नका निम्ति संयुक्त गठबन्धनबाट उम्मेद्वारी दिएको बताइन् । 

नेकपा माओवादी केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा आफू कुनै एउटा पार्टीको उम्मेद्वार नभएको बताउँदै विजयी हासिल गरेपछि संयुक्त गठबन्धन लगायत सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

प्रदेश सभा ‘ख’ का उम्मेद्वार बनेका नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका मदनसेन श्रीवास्तवले आफूलाई जिताउन आग्रह गर्दै यसअघि प्रदेश सभा सदस्य बन्दाको बखत भएका गल्ति सच्याउँदै आगामी दिनमा सबैसँग हातेमालो गरी जाने बताए । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : ४२ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई