एथलेटिक्समा आर्मीद्वारा दुई कीर्तिमान कायम  | Khabarhub Khabarhub

एथलेटिक्समा आर्मीद्वारा दुई कीर्तिमान कायम 


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार दुई नयाँ कीर्तिमान कायम गरेको छ । पोखरा रंगशालामा भएको ४ सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारूले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।

जयरानीले निर्धारित दुरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । यसअघि उनले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७.२ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । सोही प्रतिष्पर्धामा एपीएफकी भागीरथी थारूले १ मिनेट ०६.०६ सेकेन्डमा पूरा गर्दै रजत जित्दा एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सेकेन्डमा उक्त दूरी पार गरिन् ।

एथलेटिक्स पुरुषतर्फ १० हजार मिटरमा आर्मीकै दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते । दीपकले ३० मिनेट १० दशमलव ३० सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण जितेका हुन् । दीपकले एपीएफका गोपिचन्द्र पार्कीको कीर्तिमान तोड्दै आफ्नो नामका नयाँ कीर्तिमान खडा गरेका हुन् । यसअघि गोपीको नाममा ३० मिनेट ३० दशमलब ९९ सेकेन्डको कीर्तिमान थियो । उनी रजतमै समेटिए ।

निर्धारित दूरी ३० मिनेट ३८ दशमलव ३० सेकेन्डमा पूरा गरेर गोपी दोश्रो भएका हुन् । आर्मीकै गजेन्द्र राइले कास्य पदक जिते । उनले निर्धारित दुरी ३० मिनेट ४९ दशमलव ५० सेकेन्डमा पूरा गरेका थिए ।  

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १ : ०१ बजे

२०३४ को विश्वकप आयोजक साउदी अरेबिया

काठमाडौं – सन् २०३४ को विश्वकप फुटबल आयोजनाको अवसर साउदी

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

२०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुने

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल मंसिर २७ गते बिहीबार तदनुसार

आज २०८१ साल मंसिर २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल मंसिर २७ गते बिहीबार तदनुसार