तीन जिल्लाको सुरक्षा समन्वय बैठक | Khabarhub Khabarhub

तीन जिल्लाको सुरक्षा समन्वय बैठक


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पोखरा– गोरखाको पालुङटारमा नजिकका तीन जिल्लाको सुरक्षा बैठक संयुक्त रूपमा बसेको छ । गोरखा, लमजुङ र तनहुँको जिल्ला सुरक्षा समितिको पदाधिकारी बैठक बसेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो।

बैठकले तीनै जिल्लाको भूमि प्रयोग गरी शान्ति र सुरक्षालाई प्रभावित पार्ने काम निस्तेज पार्न आवश्यक समन्वय गर्ने निर्णय गरेको छ । सुरक्षालाई प्रभावित पार्न सक्ने परिस्थिति नियन्त्रणका लागि छलफल गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

आसन्न निर्वाचनलाई शान्ति र भयरहित वातावरणमा सम्पन्न गर्न आपसी सहकार्य गर्ने निर्णय पनि भएको छ । तीनै जिल्ला प्राकृतिक तथा मानव निर्मित विपतबाट आक्रान्त भएकाले भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण र उद्धारका काममा सहयोग आदानप्रदान गर्न सहमत भएका छन् ।

अपराध नियन्त्रण, लागूऔषध ओसारपसार तथा प्रयोग नियन्त्रण, सूचना आदानप्रदानलगायत विषयमा छलफल गरी निर्णय गरिएको आचार्यले बताए । बैठकले नदीजन्य उत्खनन र निकासीबारे पनि छलफल गरेको छ । कानुनविपरीतका सबै काम रोक्ने र गलत गर्नेलाई कानुनी दायरामा ल्याउन आवश्यक समन्वय गर्ने समझदारी भएको आचार्यले बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १ : २२ बजे

म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा

काठमाडौं – यस सिजनको युरोपा लिगको फाइनलमा दुई इङ्ग्लिस क्लब

आज ७३औँ कानुन दिवस

काठमाडौं– आज वैशाख २६ गते अर्थात् ७३औँ कानुन दिवस ।

नेपाली महिला क्रिकेट टोलीले आज हङकङविरुद्ध खेल्दै

काठमाडौं– नेपाली महिला क्रिकेट टोलीले आज हङकङविरुद्ध पहिलो खेल खेल्दैछ

आईपीएल : पन्जाब र मुम्बईको खेल अहमदावादमा हुने

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पन्जाब किङ्स र

पाकिस्तानसँग तनाव : भारतका एयरपोर्टमा सुरक्षा कडा, उडानभन्दा तीन घण्टा पहिले पुग्नुपर्ने

नयाँ दिल्ली – पाकिस्तानसँगको बढ्दो तनावका बीचमा भारतभरका विमानस्थलमा सुरक्षा