अनलाइनबाटै योजना सम्झौता « Khabarhub

अनलाइनबाटै योजना सम्झौता


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले अनलाइनबाट सम्झौता प्रक्रिया थालनी गरेको छ । नगरपालिकाले उपभोक्तामार्फत गरिने योजनाको सम्झौता यो आर्थिक वर्ष सुरु भएपछि अनलाइन विधिबाट सुरुआत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए ।

उनका अनुसार २० लाखभन्दा मुनिका योजनाको उपभोक्तामार्फत अनलाइनबाट सम्झौता गरिएको हो । उपभोक्तामार्फत गरिने योजनाको पारदर्शिता कायम गर्न सबै योजना अनलाइनमार्फत सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको नगरप्रमुख आइतमान तामाङले बताए ।

उनका अनुसार सबै वडामा यो प्रक्रिया थालिएको छ । दश लाखभन्दामाथिका योजनामा उपभोक्ताले अनिवार्य प्यान दर्ता गर्नुपर्ने प्रावधानसमेत राखिएको तामाङले बताए ।  नगरपालिकाले १३ वटै वडाका उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण तालिम प्रदान गरिसकेको छ ।

कात्तिक मसान्तभित्र सबै योजनाको सम्झौता गरिसक्ने योजना बनाएको नगरपालिकाले असोज मसान्तसम्म ५० प्रतिशत र तिहार अगाडि ९० प्रतिशत योजना सम्झौता गरिसक्ने उपप्रमुख उमा प्रधानले बताएका छन् ।  उनका अनुसार अनलाइनबाट सम्झौता गर्दा पारदर्शी हुने र आवश्यक डकुमेन्ट अनलाइनमा नै क्रेट गर्नेछ । यसले योजनाको रेकर्डिङदेखि अनुगमनको कुरा पनि सजिलो हुने भएकाले नगरपालिकाले त्यो तरिका अपनाएको बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १ : ५७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया