नवौंँ राष्ट्रिय खेलकुद : पर्यटन प्रवर्द्धनमा सहयोगी बन्दै  | Khabarhub Khabarhub

नवौंँ राष्ट्रिय खेलकुद : पर्यटन प्रवर्द्धनमा सहयोगी बन्दै 


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गलकोट- बागलुङ बजारको बाङ्गेचौर खेलमैदानस्थित तेक्वान्दो कर्वडहलदेखि सय मिटरको दूरीमा छ नेपालकै लामो झोलुङ्गे पुल । कवर्डहल क्षेत्रमै छ गण्डकी प्रदेशको चर्चित धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिर । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यहाँ प्रतिस्पर्धाका लागि आएका दुई सय ५० खेलाडी र सय बढी पाहुनाले फुर्सदको समयमा पर्यटकीय क्षेत्रको भ्रमण र अवलोकन समेत गर्न भ्याएका छन् । 

शनिबारदेखि बाङ्गेचौर खेलमैदानस्थित तेक्वान्दो कर्वडहलमा नवौँं राष्ट्रिय खेलकुद प्रतियोगितामा देशभरबाट आईटीएफ तेक्वान्दोका खेलाडी प्रतिस्पर्धाका लागि आउँदा बागलुङ बजार गुल्जार भएको छ । नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफतर्फको खेल बागलुङमा आयोजना हुँदा यहाँको पर्यटकीय प्रवर्द्धनमा सहयोग पुग्ने यहाँका पर्यटन व्यवसायीले बताए ।

एक साथ तीन सय ५० भन्दा बढी खेलाडी र एक सय पाहुनालाई यहाँका १४ ठूला तथा स्तरीय होटलमा व्यवस्थापन गरिएको जिल्लाका सफल पर्यटन व्यवसायी तथा गण्डकी प्रदेशस्थित होटल व्यवसायी सङ्घका अध्यक्ष अर्जुन चोखालले जानकारी दिए। ‘पर्यटकीय राजधानीको रुपमा रहेको पोखरा र त्यस आसपासका जिल्लामा सञ्चालित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पर्यटन व्यवसाय प्रवद्र्धनमा टेवा पुर्‍याउने निश्चित छ । बागलुङमा खेलमैदान नजिकै चर्चित पर्यटकीय गन्तव्य रहेका छन्’ उनले भने’ बागलुङमा अब एक साथ ४०० भन्दा बढी पाहुना राख्नका लागि होटलको क्षमता रहेछ भन्ने पुष्टि भइसकेको छ, खेलाडी फुर्सदको समयमा खेलमैदान नजिकै रहेको लामो झोलुङ्गे पुल र कालिका मन्दिर दर्शनका लागि पुगेको देखियो ।’

खेलमैदानको पाँच देखि ७ किमिभित्र पर्यटकीयस्थल पञ्चकोट र शालिग्राम सङ्ग्रहालयसमेत रहेकाले नवौंँ राष्ट्रिय खेलका लागि देशभरबाट आएका खेलाडीले बागलुङ चिन्ने अवसर पाएको अध्यक्ष चोखालको भनाइ थियो।  जिल्लामा पाहुनाको आतिथ्यता र व्यवस्थापनसँगै पर्यटकीयस्थलको भ्रमण गर्न पाएकोमा आफू खुसी भएको नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको आईटीएफ तेक्वान्दोका मुख्य प्रशिक्षक अन्जु रावतले बताए । 

‘प्रशिक्षकसहित खेलाडी जिल्लाको व्यवस्थापनप्रति खुसी छौँ, छोटो समयमै गरिएको यो व्यवस्थापन निकै सरहानीय छ,’ उनले भने ‘मिडियामा सुनेको चर्चित लामो झोलुङ्गे पुलबाट पवित्र कालिगण्डकी नदी दर्शन गर्न पाइयो, खेलाडीले फुर्सदको समयमा कालिका मन्दिर, लामो पुल तथा शहीद पार्कको अवलोकन गरेका छन् । खेलकै परिषदले यहाँका होटलहरूमा खेलाडी व्यवस्थापनका लागि एकमुष्ठ सम्झौता गरेको छ । तीनसय ५० भन्दा बढी खेलाडी र पाहुना कात्तिक ३ गते सम्म बागलुङमा रहने भएकाले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको प्रतियोगिताको स्थानीय व्यवस्थापक बागलुङ नगरपालिकाले जनाएको छ ।

खेलाडीहरूले खाली समयको सदुपयोग बागलुङ बजार र त्यस आसपासका पर्यटकीय क्षेत्रको भ्रमण गरेर बागलुङ यस्तो रहेछ भन्ने सन्देश देशभर फैलाउन सहयोग गरेको नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । देशभरका खेलाडीहरूले उद्घाटन समारोहमा सिसाखानीको सतिघाटु नाँच, नेवारी समुदायको घोडा र लाखे नाचलगायत विभिन्न झाँकी र सांस्कृतिक कार्यक्रमसमेत अवलोकनको व्यवस्था उक्त नगरपालिकाले मिलाएको थियो । 

बागलुङमा आयोजना गरिएको उक्त प्रतियोगिताको आईटीएफ तेक्वान्दो विधामा सात प्रदेश र तीन विभागीय समूहका २५० खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ । नवौंं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय गरी १० टोलीका २५० खेलाडी, ४५ रेफ्री तथा करिब ५० जना टोलीका कोच र अफिसियल तथा म्यानेजर सहभागी भएका छन् । 

बागलुङमा पहिलो पटक आयोजना हुन लागेको सो प्रतियोगितामा खेलाडीहरूले ४५ स्वर्ण  ४५ रजत र ३० काश्य गरी कूल १२० पदकका लागि प्रतिस्पर्धा भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले  जानकारी दिए । खेल प्रतियोगिताका लागि कर्वड हल र बाङ्गचौर खेल मैदान सजिसजाउ गरिएको छ । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  २ : २२ बजे

रास्वपाले आज काठमाडौं र पोखरामा प्रदर्शन गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ

ढकमक्क सयपत्री

दाङ– वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही

कठिन बन्दै मध्यपूर्वमा शान्ति स्थापना

याया सिनावरको मृत्यु हमासका लागि गम्भीर धक्का हो। तर, यसको

सिर्सिया सुक्खाबन्दरगाहबाट तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन

खुर्कोटको पुल निर्माणमा तीव्रता

रामेछाप– रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रुपमा रहेको खुर्कोटको