कांग्रेसद्वारा शताब्दी पुरुष जोशीको निधनप्रति दुःख व्यक्त « Khabarhub

कांग्रेसद्वारा शताब्दी पुरुष जोशीको निधनप्रति दुःख व्यक्त


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले जोशीको निधनप्रति दुःख व्यक्त गरेको हो । जोशीको आज बिहान १०३ वर्षको उमेरमा उपचारका क्रममा किष्ट मेडिकल कलेजमा निधन भएको थियो । 

‘शताब्दी पुरुष १०३ वर्षीय सत्यमोहन जोशीको उपचारका क्रममा किष्ट मेडिकल कलेजमा आज भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ’, कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘स्वर्गीय जोशी संस्कृतिविद्, लेखक र कुशल अनुसन्धानकर्ता हुनुहुन्थ्यो । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकासमा उनले महत्वपूर्ण योगदान पुर्‍याउनु भएको थियो ।’ 

साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याए वापत तीनपटक सम्म मदन पुरस्कार पाउने जोशी नेपालको एक मात्र व्यक्ति हुन् । जोशी प्राचीन र मध्यकालीन नेपालका थुप्रै ऐतिहासिक सामाग्री संरक्षणका लागि जीवनपर्यन्त अनवरत क्रियाशील रहेका थिए ।

यस्तै जोशीको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।  ‘शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधनको खबरले मलाई अत्यन्तै दुःखीत र स्तब्ध बनाएको छ । भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उनले पुर्‍याउनु भएको अतुलनीय योगदान नेपाल र नेपाली जनताले सदैव सम्झिरहनेछन् । उनको निधनबाट राष्ट्रले एक युगपुरुषलाई गुमाएको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु,’ प्रधानमन्त्री देउवाले भनेका छन् । 

प्रधानमन्त्री देउवाले जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ४ : २२ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको