सत्ता गठबन्धन नेता स्तरमा मात्रै सीमित छन् : महेश बस्नेत « Khabarhub

सत्ता गठबन्धन नेता स्तरमा मात्रै सीमित छन् : महेश बस्नेत


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- एमालेबाट भक्तपुर-२ का उम्मेदवार महेश बस्नेतले सत्ता गठबन्धन नेता स्तरमा मात्रै सीमित रहेको दाबी गरेका छन् । ‘गठबन्धन नेताहरूबीच मात्रै छ, कार्यकर्ताबीचमा कुनै गठबन्धन छैन,’ उनले भने, ‘त्यसकारण यो गठबन्धनले एमालेलाई केही असर गर्दैन ।’ 

प्रेस चौतारी भक्तपुरले आइतबार आयोजना गरेको अन्तरक्रियामा बस्नेतले आफू जनस्तरमा पुग्दा गठबन्धनविरुद्ध सत्ता गठबन्धन कै कार्यकर्ताहरू रहेको पाएको दाबी गरे । यही कारण आफूहरूले ती कार्यकर्तासँग भेटिरहेको उनको भनाइ थियो । ‘हामी सता गठबन्धनका कार्यकर्ताहरूलाई भेटिरहेका छु, ती कार्यकर्ताहरू हामीप्रति सकारात्मक छन्,’ उनले भने । 

आफू विजयी भए भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्लाको रुपमा विकास गर्ने पनि बताए । ‘भक्तपुरमा काम गर्दा एक पैसा पनि कहीँकतै घुस दिन नपर्ने गरी सिंगो भक्तपुरलाई नै भ्रष्टाचारमुक्त बनाउँछु’ बस्नेतले भने ।  

पछिल्लो पटक दोब्बर मतले विजयी भएकोमा यो पटक दोब्बर होइन, तेब्बर बढी मतले विजयी हुने उनले दाबी गरे । उनले भक्तपुर-२ मा विकासको लहर ल्याएको तर त्यसलाई कांग्रेसले रोकेको आरोप पनि लगाए । कांग्रेसको यही कामले गर्दा यसपटक मत अझ बढ्ने उनको भनाइ दाबी छ । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ४ : ३२ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा