जनजनको पीडालाई महसुस गरेको छु : राजन ढुंगाना « Khabarhub

जनजनको पीडालाई महसुस गरेको छु : राजन ढुंगाना


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरी क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभाका लागि स्वतन्त्र उम्मेद्वारी दिएका रिक्सा चालक राजन ढुंगानाले जनताको समस्यालाई नजिकबाट अनुभूत गरेको बताएका छन् । ढुंगानाले राजनीति शुद्धीकरण र जनताको मनोभावनाअनुसार काम गर्ने उम्मेदवार नभएको हुनाले पनि उम्मेदवार दिएको दाबी गरे ।

अझै पनि जनताका आधारभूत आवश्यकता जस्ताको त्यस्तै रहेको बताउँदै ढुंगानाले भने, ‘जनताको समस्या के हो भन्ने कुरा मैले गहिराइमा गएर अनुभूत गरेको छु ।’

विगतमा पनि जनताको पक्षमा काम गरेको बत्ताउँदै जनताको अपेक्षाअनुसार नै आफ्नो उम्मेदवारी भएको ढुंगानाको जिकिर छ ।

प्रदेशसभामा आफू निर्वाचित भएपछि हरेक सर्वसाधारणले सरकारको महसुस गर्न पाउने बताउँदै उनले समृद्ध र उज्यालो भविष्य निर्माणमा आफू सधैँ जनताको नोकर बन्ने विश्वास दिलाए ।

निर्वाचन आयोगबाट लालटिन चुनाव चिन्ह पाएका ढुंगानाले जनताले ४ मंसिरमा सही निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ९ : ०१ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको