उदयपुरको रौतामाईस्थित जनता माविमा तालाबन्दी | Khabarhub Khabarhub

उदयपुरको रौतामाईस्थित जनता माविमा तालाबन्दी


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँस्थित जनता माद्यामिक विद्यालय रसुवामा शिक्षक अभावले पढाई प्रभावित भएको भन्दै विद्यार्थी र अभिभावकले सात दिने अल्टिमेटम दिँदै विद्यालयमा तालाबन्दी गरेका छन् ।

स्थानीय राजनीतिक दलसहित अभिभावक तथा विद्यार्थीले विद्यालयमा विषयगत शिक्षक अभाव रहेको भन्दै आइतबार दिउँसो ३ बजेदेखि विद्यालयमा तालाबन्दी गरेका हुन् । विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र वडा कार्यालयलाई विद्यालयमा विषयगत शिक्षक व्यवस्थापन गर्न पटक(पटक माग गर्दासमेत सुनुवाइ नभएपछि स्थानीय खिलाराज राईको नेतृत्वमा स्थानीय राजनीतिक दल तथा अभिभावक, विद्यार्थीले सात दिनभित्र विषयगत शिक्षक व्यवस्था गर्न माग गर्दै माग पत्र बुझाएर तालाबन्दी गरेका हुन् ।

विद्यालयको शैक्षिक सुधारका लागि अभिभावकद्वारा संर्घष समिति गठन गरेर ६ बुँदे माग राखी तालाबन्दी गरेको जनाइएको छ । उनीहरूले विद्यालयमा शैक्षिक सुधारको माग राखी तालाबन्दी गरेको राईले बताए ।

विद्यार्थीमाथि पटक(पटक निर्घात कुटपिट गर्ने विवादास्पद शिक्षक विमानसिंह खड्कालाई तत्काल पदबाट बर्खास्त गराउनु पर्ने, विद्यालयको कोषमा अनुचित दोहनको औचित्य साबित गर्न र विद्यालय व्यवस्थापन समिति वा अन्यथा सम्बन्धित व्यक्तिबाट असुल उपर गराउन माग, शिक्षकको भरपर्दो वैकल्पिक व्यवस्थापन बिना सरुवा सहमतिको कारण पढाइमा परेको क्षतिका लागि असक्षम विद्यालय व्यवस्थापन समितिले सामूहिक राजीनामा गराउन माग, विषयगत शिक्षकलाई पदच्युत गर्नु पर्ने कारणको तथ्यगत रूपमा प्रमाणसहित पुष्टि गराउन र उक्त विषयको विषय शिक्षकको तत्काल व्यवस्था गराउन माग, विद्यालय व्यवस्थापन समितिले गरेको निर्णयविरुद्ध आम अभिभावको सहमति बिना भएको कुनै पनि मुद्दाका कारण हुने खर्चको जिम्मेवारी विद्यालयले संस्थागत रूपमा स्वीकार नगर्ने औपचारिक घोषणा गराउन माग उनीहरूको रहेको छ ।

केही दिनअघि शिक्षक खड्काले कक्षा ९ का विद्यार्थी पुष्प बस्नेतमाथि निर्घात कुटपिट गरेका थिए । उनीमाथि कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलाई ज्ञापन पत्र बुझाउँदासमेत कारबाही नभएकाले तत्काल खड्कालाई बर्खास्त गर्न विद्यार्थी तथा अभिभावकले माग गरेका छन् ।

 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ९ : १७ बजे

आजका समाचार : रास्वपा बैठकमै विवाद, मुकुलले मुखमा टेप टाँसे, एमालेले समर्थन फिर्ता लियो 

एमालेले फिर्ता लियो सरकारको समर्थन, मन्त्रीहरूले राजीनामा बुझाउँदै नेकपा (एमाले)

मन्थली-खिम्ती सडक कालोपत्र भएको १५ दिनमै उप्कियो

रामेछाप– मन्थली–खिम्ति सडकअन्तर्गत हालै गरिएको कालोपत्र उप्किन थालेको छ ।

ललितपुर महानगरले भत्कायो अतिक्रमित संरचना

पाटन– ललितपुर महानगरपालिकाले सम्पदा अतिक्रमण गरी बनाइएको व्यक्तिगत संरचना भत्काएको

फ्रिक्वेन्सी बक्यौता विवाद : पैसा नबुझाएपछि टाटाले रोक्यो एनसेललाई इन्टरनेट ब्यान्डविथ

काठमाडौं– भारतीय ब्यान्डविथ सप्लायर्स कम्पनी टाटाले एनसेललाई उपलब्ध गराउँदै आएको

विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु

झापा– विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने