मानवीय रक्षा भौतिक विकासभन्दा माथि हुन्छ : माधव नेपाल « Khabarhub

मानवीय रक्षा भौतिक विकासभन्दा माथि हुन्छ : माधव नेपाल


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भौतिक विकासभन्दा पहिले मानवीय जीवन रक्षाको सवाल प्रमुख रहने बताएका छन् । अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको विश्व खाद्य दिवसको सन्दर्भमा आज आयोजित ‘भोकमरी विरुद्धको अभियान, खाद्य सम्प्रभुता’ विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले नेपालको संविधानमा नै खाद्य सम्प्रभुता सवाल सम्बोधन भएको बताउँदै नागरिकको सम्मानजनक जीवनयापन गर्ने सवालमा खाद्य सम्प्रभुताको सवाल महत्वपूर्ण रहेको बताए ।

किसान महासङ्घले उठाएको महत्वपूर्ण सवाल संविधानमा समाविष्ट भएको चर्चा गर्दै उनले समाजको अगुवा शक्ति कम्युनिष्ट पार्टी भएकाले जसको विचार काम र व्यवहार पनि अगुवा हुनुपर्नेमा जोड दिए । पूर्व प्रधानमन्त्रीसमेत नेपालले कृषि क्षेत्रको समग्र विकास बिना देशको अवस्था परिवर्तन हुन कठिन हुने विचार व्यक्त गर्दै जसको लागि जग्गाको वर्गीकरण सिँचाइ प्रणालीको व्यवस्थित सदुपयोग, उत्पादन र उत्पादकत्व वृद्धि गर्न मल खाद्य गुणस्तरीय बिउबिजन आधुनिक खेती प्रणाली, यान्त्रिकीकरणसहित गुणस्तरीय उत्पादन महत्वपूर्ण हुने बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ९ : ५९ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको