विश्व इतिहासमा आजः पाकिस्तानमा महिला प्रधानमन्त्रीदेखि युनेस्कोको स्थापना « Khabarhub

विश्व इतिहासमा आजः पाकिस्तानमा महिला प्रधानमन्त्रीदेखि युनेस्कोको स्थापना


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज १६ नोभेम्बर। आज विश्व इतिहासमा केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रम :

वेनेजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्री

सन् १९८८ मा वेनेजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्री बनेकी थिइन्। मुस्लिम देशको पहिलो महिला प्रधानमन्त्री बनेकी भुट्टो १९८८ देखि १९९० सम्म शासन गरेकी थिइन्। उनी सन् १९९३ देखि १९९६ सम्म दोस्रो पटक पनि प्रधानमन्त्री बनेकी थिइन्।

ह्यारी पोटरमा आधारित चलचित्र

सन् २००१ मा प्रसिद्ध पुस्तक ह्यारी पोटरमा आधारित चलचित्र निर्माण भएको थियो। ह्ँयारी पोटर उपन्यासका लेखक जे के रोलिङ हुन्।

इस्टोनियाद्वारा सार्वभौम देश घोषणा

सन् १९८८ मा तत्कालिन सोभियत युनियनबाट इस्टोनिया सार्वभौमसम्पन्न देश भएको घोषणा गरेको थियो। सिंगिङ क्रान्तिको एउटा अंशको रुपमा घोषित सो कानुनले सोभियत कानुनमाथि प्रभुत्व जमाएको थियो। हरेक १६ नोभेम्बरलाई इस्टोनियाले सार्वभौमसत्ता घोषणा वर्षको रूपमा मनाउँछ।

युनेस्कोको स्थापना

सन् १९४५ मा राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) राष्ट्रसंघको एउटा अभिन्न अंगको रुपमा स्थापना गरिएको थियो।

युनेस्कोले शिक्षा, वैज्ञानिक सहकार्य र सांस्कृतिक आदानप्रदानमार्फत विश्वमा शान्ति र भलाइका लागि काम गर्छ। पेरिस मुख्यालय रहेको युनेस्कोका १९५ देश सदस्य छन्।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : ५६ बजे

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता