रोनाल्डोका ती गोल | Khabarhub Khabarhub

रोनाल्डोका ती गोल


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

घुँडामा गम्भीर चोट लागेको छ। यो उनको तिघ्राको माथिल्लो भागमा हो। उनका साथीहरूले त उनी फेरि मैदानमा फर्कने विश्वास नै गुमाइसकेका थिए। तर, उनको पुनरागमनका लागि ६ महिनाको समय मात्र लागेको थियो। संसारकै सबैभन्दा प्रभावशाली फरवार्डको खेल जीवन अन्त्य भएको महसुस धेरैलाई भएको थियो।

दुई वर्षपछि ओलीभर कानको दायाँबाट बल गएपछि यसले सनसनी फैलाएको थियो।
योकोहामाको रङ्गशालादेखि ब्राजिलको रियो द जेनरियोसम्मको रङ्गशालामा भएको प्रदर्शनलाई संसारका लाखौँले हेरेका थिए। फेमिनो नाम पाएका उनले आफ्ना आलोचकको मुख बन्द गरिदिए। साथै विज्ञानमा चासो दिनेलाई समेत अचम्ममा पारे। सन् २००२ को विश्वकप विजेताको रूपमा ब्राजिलको नाम लेखिएको थियो।

चार वर्ष अगाडि फ्रान्स विरुद्धको फाइनल खेलको छायाबाट पनि पार पाउन कठिन थियो। फाइनल खेल अगाडि रोनाल्डोमा समस्या देखिएपछि ब्राजिल ३-० ले पराजित भएको थियो।

इन्टरमिलानमा रहँदा बोकेको चोटको सामना त उनले गर्नु नै थियो। चार वर्ष अगाडि फ्रान्स विरुद्धको फाइनल खेलको छायाबाट पनि पार पाउन कठिन थियो। फाइनल खेल अगाडि रोनाल्डोमा समस्या देखिएपछि ब्राजिल ३-० ले पराजित भएको थियो।

‘उ साँच्चै फ्यान्टास्टिक थियो। साथै भरपर्दो थियो’, ब्राजिलियन राष्ट्रिय टोलीका उनका साथी काफुले भने, ‘मानसिक समस्यालाई हल गर्न सक्ने अचम्मको खुबी रोनाल्डोमा देखिएको थियो।’ ब्राजिलियन टोलीले तयार गरेको वाट्सएप समूह पेन्टामा उनले उल्लेख गरेका थिए।ब्राजिलले सो उपाधि जितेको २० वर्षपछि पनि काफूले यसलाई रोनाल्डोको प्रतिष्ठा वृद्धिको विषयसँग जोडेका छन्।

रोनाल्डोले क्रुजेरोमा बिताएको पहिलो दुई सिजनमा ४७ खेल खेल्दै ४४ गोल गरेका थिए। १७ वर्षको उमेरमा उनले अमेरिकामा भएको विश्वकप टोलीमा प्रवेश पाएका थिए। ब्राजिलले पेनाल्टी सुट आउटमा इटालीलाई हराउँदै उपाधि जितेको सो विश्वकपमा उनले मैदानमा भने एक मिनेट पनि प्रवेश पाएनन्।

ब्राजिलियन टोलीका तत्कालीन समयका स्टार फरवार्ड रोमारियोको सल्लाहमा उनी युरोपतर्फ लागेको थिए। त्यहीँबाट उनको सनसनीपूर्ण युगको सुरुवात भएको हो। उनले युरोप यात्राको पहिलो सिजन डच टोली पीएसभी अइन्डहोभनमा बिताएका थिए।

‘उसको बारे चर्चा गर्नै पर्ने केही कुरा छन्’, पीएसभीमा रोनाल्डोसँगै टिममा रहेका बाउडेजीन जेनडेनले भनेका छन्। पोर्तुगीज पनि जानेका जेनडेनकै कारण रोनाल्डोको टोलीका अन्य सहकर्मीसँग सम्पर्क सहज भएको थियो। उ जस्तो छिटो गतिमा बलको मुभमेन्ट गरेर गोलको अवसर सिर्जना गर्ने अन्य कुनै खेलाडी नै नदेखेको ती डच खेलाडी बताउँछन्।
ड्रेसिङ रूम भन्दा बाहिर उनी रमाइलो पाराका थिए। उनको फिनिसिङ उत्कृष्ट थियो। उनी गफ चुटी रहेको बाहिरबाट नै थाहा पाउन सकिन्थ्यो। यत्ति धेरै रमाइलो गर्ने आदत बसेका रोनाल्डो पनि फुटबलको बारे धेरै नै सिरियल हुन पाउँथेँ।

१७ वर्षको उमेरमा उनले अमेरिकामा भएको विश्वकप टोलीमा प्रवेश पाएका थिए। ब्राजिलले पेनाल्टी सुट आउटमा इटालीलाई हराउँदै उपाधि जितेको सो विश्वकपमा उनले मैदानमा भने एक मिनेट पनि प्रवेश पाएनन्।

पहिलो वर्षको डच लिगमा गर्ने गोलको अनुमान उनले सुरुवातमै ३२ गरेका थिए। यो उत्तर सुनेर एक सञ्चारकर्मी त हाँसेका थिए। तर, रोनाल्डोले यसलाई मजाकमा उडाएनन्। रोनाल्डोले त्यस सिजनमा ३२ घरेलु गोल गरे। युइफा कपको वायर लिभकुसेनसँगको ह्याट्रिकसहित गणना गर्दा उनको गोल सङ्ख्या ३५ पुगेको थियो।

यसपछि नेदरल्यान्ड्सका पत्रकार उनका कुरा सुनेर हाँस्न छाडे। यस पछाडि नै फुटबलका पण्डितले उनलाई टिनएजका फेनोमेनोम नाम दिएका थिए। सन् १९९६ मा १३.२ मिलियन पाउन्डको कीर्तिमानी रकमसहित रोनाल्डो बार्सिलोना पुगेका थिए। त्यहाँ उनले ४९ खेलमा ४७ गोल गरे। धेरै त एकल प्रयासमा गरिएका उत्कृष्ट गोल समावेश थियो। अर्को वर्ष फिफा वर्ष खेलाडी घोषित भइसकेका उनी १९.६ मिलियन पाउन्डको अर्को कीर्तिमानी रकममा इन्टर मिलनमा पुगे।

ड्रेसिङ रूम भन्दा बाहिर उनी रमाइलो पाराका थिए। उनको फिनिसिङ उत्कृष्ट थियो। उनी गफ चुटी रहेको बाहिरबाट नै थाहा पाउन सकिन्थ्यो।

जेनदेनकै अनुसार रोनाल्डो कुनै मौका नै दिन नहुने खतरनाक खेलाडी थिए। उनी मौका पाउने बित्तिकै गोल गरी हाल्थे। उनलाई एउटा निश्चित स्थानमा छोड्नुका मतलब उनले त्यसलाई किल नै गर्छन् भन्ने हो।

क्यालिफोर्नियाको रङ्गशालाको बेन्चमा बिताएको चार वर्षपछि नै रोनाल्डो एउटा पूर्ण फरवार्डको रूपमा फ्रान्समा पुगेका थिए। ब्राजिल टिमका साभियाको अनुसार रोनाल्डो त्यस समयमा एकदमै स्थिर खेलाडी थिए।

साभियोले उनको व्याख्या गर्ने क्रममा धेरै नै खुबी भएको, श्रोत भएको र फुटबलको इतिहास नै बदल्न सक्ने फरवार्डको रूपमा व्याख्या गरेका छन्। एक महिना अगाडि मात्र लाजियोलाई युइएफए कपको खेलमा हराउने क्रममा उनले आफ्नो आश्चर्यजनक प्रदर्शन देखाइसकेका थिए। प्रतियोगिताको पहिलो ६ खेलसम्म न उनी गोल्डेन बलका हकदार भइसकेका थिए। फाइनलमा भने नाटकीय घटना भएको थियो।

खेल अगाडि रोनाल्डो अस्वस्थ भए। उनी फाइनलमा नखेल्ने हल्ला चलेको थियो। त्यो विस्मयकारी घटना भएपछि रोनाल्डोको कोठामा प्रवेश गर्ने काफु पहिलो व्यक्ति थिए। काफु कै अनुसार त्यस समय रोनाल्डो टिमको बसमा गएनन्। उनी अस्पताल गए। त्यहीँबाट सिधै रङ्गशाला पुगेका थिए।

रोनाल्डो मेडिकल टिमको परीक्षणमा थिए। तर, खेल अगाडिसम्म प्रशिक्षकले उनी टोलीमा रहने या नरहने भन्ने बारेमा कुनै पक्का गर्न सकेका थिएनन्। फ्रान्सका खेलाडी रहेको कोठाको वातावरण अर्कै थियो। रक्षक लिलियम थुरामले भने ब्राजिलियन टोलीले मूर्ख बनाउनकै लागि मात्र यस हल्ला फिँजाएको थियो।

अहिले थुरामले अर्कै ढङ्गले त्यस घटनालाई लिने गरेका छन्। उनकै अनुसार त्यस तहको खेलमा सामान्य पाटोले नै धेरै नै प्रभाव पार्छ। सायद त्यस खेलमा रोनाल्डो भएको भए ब्राजिल विजयी हुने थिएन भन्ने उनले सम्झिएका छन्।

मिलानमा पुगेपछि उनको अर्को शारीरिक परीक्षण भएको थियो। उनको गति १०.२ सेकेन्ड प्रति एक सय मिटर थियो। कल लिने टर्न गर्ने र रक्षकलाई कटाउने खुबी उनमा अझै देखिएको थियो। त्यसपछि मिलानको टोलीले उनलाई सेन्टर फरवार्डको जिम्मेवारीमा उपयुक्त नै ठानेको थियो।

फेरि खेलको दौरान उनले ६ मिनेट मात्र मैदानमा के बिताएका थिए उनको घुँडामा समस्या देखिन पुग्यो। इन्टरका एक फिजियोेले त आफूले देखे मध्येकै खराब चोट बताउँदै रोनाल्डो फेरी खेलमा फर्कनका लागि एउटा मिराकल आवश्यक भएको बताए। जापान र कोरियामा हुने विश्वकपमा उनले मौका पाउने सम्भावना कमै आँकिएको थियो।

मिलानमा पुगेपछि उनको अर्को शारीरिक परीक्षण भएको थियो। उनको गति १०.२ सेकेन्ड प्रति एक सय मिटर थियो। कल लिने टर्न गर्ने र रक्षकलाई कटाउने खुबी उनमा अझै देखिएको थियो।

उनका लागि धेरैले प्रार्थना गर्ने क्रमजारी नै थियो। ८ महिनाको प्रयासपछि पनि रोनाल्डोका गोडा पुरै ठिक भएको थिएन। यसै समयका उनका छोरा रोनाल्डको जन्म पनि भएको थियो। उनले प्रत्येक दिन नौ घण्टाको दरले रिह्याबको लागि बिताउँथे।

त्यसपछि धेरैको अनुमान विपरीत लुई फिलिप स्कोलरीको टोलीमा सन् २००२ मा रोनाल्डो अटाएका थिए। इमर्सन घाइते भएका कारण काफु त्यस टोलीका कप्तान भएका थिए। पहिलो खेलमै टर्कीले मध्यान्तरसम्म अग्रता लिएको सो खेलमा रोनाल्डोले नै गोल गरेर ब्राजिल खेलमा फर्किएको थियो।

त्यसपछि लयमा देखिएको ब्राजिलले चीनलाई ४-० तथा कोस्टारिकालाई ५-२ ले हराएको थियो। रोनाल्डोले चार गोल गरिसकेका थिए। लयमा आएका रोनाल्डोले त्यस विश्वकपमा ८ गोल गरे। सेमिफाइनलमा टर्कीविरुद्ध एक गोल तथा फाइनलमा जर्मनीविरुद्ध दुई गोल गरेका थिए।

विश्वकपका अन्य धेरै कथा छन्। रिभाल्डो र रोनाल्डीन्हो सहितको तीन आरको आक्रमण तथा रोनाल्डीन्होले इंग्ल्यान्डविरुद्ध प्रहार गरेको फ्रिकिक त छदै छ। तर, चार वर्ष अगाडिको पीडालाई बिर्साउने रोनाल्डोको प्रदर्शन भने इतिहासले सधैँ सम्झने छ। स्रोत : बीबीसी

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ८ : ५० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला