पोल्यान्ड मिसाइल प्रहारबारे जी-२० बैठकमा छलफल « Khabarhub

पोल्यान्ड मिसाइल प्रहारबारे जी-२० बैठकमा छलफल


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बाली – संयुक्त राज्य अमेरिका र यसको नेटो सहयोगीहरूले पोल्याण्डमा दुई जनाको मृत्यु भएको विस्फोटको अनुसन्धान गरिरहेका छन्। तर, प्रारम्भिक जानकारीले सो मिसाइल रसियाबाट प्रहार नभएको हुनसक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।

इन्डोनेसियाको बालीमा भएको जी २० बैठकका लागि भेला भएका विश्वव्यापी नेताहरूले पोल्याण्डमा भएको घातक विस्फोटमा रुस जिम्मेवार भएको युक्रेन र पोल्याण्डका अधिकारीहरूले दाबी गरेपछि बाइडेनले आपतकालीन बैठक गरेका थिए।

यसअघि अमेरिकी गुप्तचर निकायका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसल पोल्याण्डमा रुसी क्षेप्यास्त्रहरू प्रवेश गरेको कारण विस्फोट भएको बताएको थियो। तर, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले उक्त विवरणको पुष्टि गर्न नसकेको बताएको छ।

ह्वाइट हाउसले पनि पोल्याण्डबाट आएका रिपोर्टहरू पुष्टि गर्न नसकिने र थप जानकारी संकलन गर्न पोल्यान्ड सरकारसँग काम गरिरहेको जनाएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : ४५ बजे

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा