आचारसंहिता उल्लंघन गर्दै शिक्षक चुनाव प्रचारमा « Khabarhub

आचारसंहिता उल्लंघन गर्दै शिक्षक चुनाव प्रचारमा


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लमजुङ  – लमजुङमा शिक्षकले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै उम्मेदवारको प्रचारमा संलग्न भएको पाइएको छ। आचारसंहिता उल्लंघन गर्नेमा विद्यालयका प्रधानाध्यापक र शिक्षक संगठनका नेतासमेत छन्।

सार्वजनिक कार्यक्रममा उपस्थित भएर मत माग्ने, उम्मेदवारसँगै घरदैलो तथा औपचारिक कार्यक्रममा हिँड्ने साथै सामाजिक सञ्जालमार्फत उम्मेदवारको प्रचारप्रसार तथा मत मागेको पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

चुनावी आचारसंहिता उल्लंघन गरेको भन्दै बेंसीसहर नगरपालिका-५ नाल्मास्थित लाङ्दीदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक राजु गुरुङ, मध्यनेपाल नगरपालिका–२ स्थित बालविकास माविका शिक्षक मोहनराज घिमिरे, बेंसीसहरस्थित जनविकास माविका शिक्षकहरू शिवराज अधिकारी, दीपेन्द्र रावल, बसन्त अधिकारी र एकदेव घिमिरेविरुद्ध उजुरी परेको छ। शिवराज नेपाल शिक्षक संघका जिल्ला अध्यक्षसमेत हुन्।

यस्तै, धेरै मानिस जमघट हुने गरी कार्यक्रम गर्न लागेको भन्दै सिउडीबजारस्थित सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्थाविरुद्ध पनि उजुरी परेको कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले लिखित उजुरी परेका व्यक्तिमाथि स्पष्टिकरण सोधिएको र जवाफसमेत आइसकेको बताए।  निर्वाचन आचारसंहिता उल्लंघन नगरी प्रचारप्रसारमा जुट्न उनले दल र उम्मेदवारलाई आग्रह गरे। ‘आचारसंहिता उल्लंघन नगर्न दल र उम्मेदवारलाई हरेक पटकको बैठकमा भनेका छौं। आचारसंहिताबारे सार्वजनिक माध्ययमहरूबाट सूचना पनि सम्प्रेषण भइरहेको छ,’ उनले भने, ‘चुनावी आचारसंहिता उल्लंघन कसैबाट पनि हुनु हुँदैन। भएको पाइएमा कारबाही हुन्छ।’

 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : ५८ बजे

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले

आजदेखि झापामा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु

भद्रपुर– औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ आजदेखि जिल्ला सदरमुकाम

नेतान्याहु ट्रम्पको शान्ति बोर्डमा सहभागी

एजेन्सी – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड