आगामी चुनावमा राष्ट्रपतिमा पुन: प्रतिस्पर्धा गर्ने ट्रम्पको घोषणा « Khabarhub

आगामी चुनावमा राष्ट्रपतिमा पुन: प्रतिस्पर्धा गर्ने ट्रम्पको घोषणा


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – ‘अमेरिकाको पुनरागमन अहिले नै सुरु हुँदैछ’ भन्ने बाचासहित पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा अमेरिकी राष्ट्रपतिको चुनाव पुनः लड्ने योजना बनाएको बताएका छन्। उनले आफ्नो फ्लोरिडास्थित मार-ए-लागोमा एक घण्टा लामो भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्।

पूर्व राष्ट्रपति ट्रम्प कतिपय रिपब्लिकनमा अझै लोकप्रिय छन्। राष्ट्रपतिको लागि उम्मेदवार हुन ट्रम्पले रिपब्लिकन पार्टीको मनोनयन जित्नुपर्नेछ। अन्य रिपब्लिकन नेताले पनि यसको लागि प्रतिस्पर्धा गर्ने सम्भावना छ।

गत साता ट्रम्पले फ्लोरिडाका गभर्नर तथा उदाउँदो रिपब्लिकन स्टार रोन डिसेन्टिसको आलोचना गरेका थिए। उनले राष्ट्रपतिको मनोनयनमा भाग लिने बताएका थिए।

तर ट्रम्पकी छोरी इभान्का ट्रम्पले भने आफ्नो बाबुको २०२४ को अभियानमा लाग्न नसक्ने बताएकी छन्। ‘म मेरो बुबालाई धेरै माया गर्छु। यस पटक, म मेरा साना बच्चाहरू र हामीले परिवारको रूपमा सिर्जना गर्ने निजी जीवनलाई प्राथमिकता दिन छनौट गर्दैछु।’ उनले भनेकी छन्।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १० : ४५ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको