चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ « Khabarhub

चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मोरङ- चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोरङकाे बुढिगंगा गाउँपालिका–७ कमलपुर बस्ने २४ वर्षीय राजेश सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।

आपसी वादविवाद हुँदा राजेशले साेहि गाउँपालिका–५ कमलपुर बस्ने २३ वर्षीय करण सरदारलाई चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

बुढिगंगा गाउँपालिका–५ हातिमुढामा कात्तिक १८ गते साँझ उनीहरूबीच विवाद हुँदा राजेशले चिर्पट प्रहार गर्दा करण गम्भीर घाइते भएका थिए । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते करणको गोल्डेन अस्पताल विराटनगरमा मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १२ : ३० बजे

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा

प्रधानमन्त्रीले राजदूतहरूसँग भने : विश्वमा जारी द्वन्द्व रोकिनुपर्छ, शान्ति हाम्रो साझा चासो हो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मा नै पाइने 

काठमाडौं– एनसेलले कल र इन्टरनेट सेवाको शुल्क घटाउँदै अनलिमिटेड कम्बो प्याक