विभिन्न स्थानबाट अवैध लागू औषधसहित चार जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट अवैध लागू औषधसहित चार जना पक्राउ


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशका विभिन्न स्थानबाट अवैध लागू औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ तेलकोटबाट एक केजी गाँजासहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–१ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–७ जगाती डेरा गरी बस्ने २८ वर्षीय कमल विक र रामेछाप दोरम्बा गाउँपालिका–८ घर भई भक्तपुर जगाती बस्ने १९ वर्षीय विशाल घतानी रहेका छन्।

प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले नगरकोटबाट खरिपाटीतर्फ जाँदै गरेको बा.३ ख ६३१६ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी गाडी चालक कमल र गाडीमा सवार विशाललाई पक्राउ गरेको हो।

यस्तै बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट ५० ग्राम खैरो हेरोइनसहित भारत बहराईच बाबागन्ज कुट्टि बस्ने २४ वर्षीय मोहमद अलीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगन्जबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिका–११ सात नम्बर पिलरबाट ६४ मिलिग्राम ब्राउनसुगरसहित भिमदत्त नगरपालिका–६ बस्ने २२ वर्षीय मोहित पहरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गड्डाचोकीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा हाप पाइन्टको इजारमा लुकाई राखेको उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १२ : २५ बजे

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका

काठमाडौंमा मौसम खराब, एयर इन्डिया बनारस डाइभर्ट

काठमाडौं– काठमाडौंमा प्रतिकूल मौसमका कारण भारतको नयाँ दिल्लीबाट आउँदै गरेको

काठमाडौंमा ‘महोत्सव तथा बिजनेस एक्स्पो’ सुरु (तस्बिरहरू) 

काठमाडौं– काठमाडौं उद्योग वाणिज्य संघको आयोजना अनुसार बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै