बलात्कार गर्ने फरार, गर्भपतन गराउन सहयोग गर्ने पक्राउ | Khabarhub Khabarhub

बलात्कार गर्ने फरार, गर्भपतन गराउन सहयोग गर्ने पक्राउ


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बारा- बलात्कारबाट बसेको गर्भ असुरक्षित तवरले पतन गराउन सहयोग गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरी गर्भपतन गराउन सहयोग गर्ने प्रसौनी गाँउपालिका–५, बेलहियाका २५ वर्षीय श्याम साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो ।

१७ वर्षीय नाबालिकालाई ललाई फकाई पटक पटक जबरजस्ती करणी गर्ने व्यक्ति फरार रहेका छन् । गर्भपतन गराउन सहयोग गर्ने तेलीलाई भने उनकै गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

गर्भवती नाबालिकालाई तेलीले ललाई फकाई गर्भपतन गराउन सहयोगी भूमिका खेलेका थिए । उक्त घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पीडितको जाहेरीका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ५ : ४२ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार