महँगी बढ्यो, तराई क्षेत्रमा मूल्यवृद्धि चर्को « Khabarhub

महँगी बढ्यो, तराई क्षेत्रमा मूल्यवृद्धि चर्को


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासिक अवधिमा मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज महिनासम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको हो । 

राष्ट्र बैंकको विवरणअनुसार तराई क्षेत्रमा मूल्यवृद्धि चर्को छ । काठमाडौँ उपत्यकामा छ दशमलव ९३ प्रतिशत, तराईमा नौ ४२ प्रतिशत, पहाडमा आठ दशमलव ८४ प्रतिशत र हिमालमा सात दशमलव ०७ प्रतिशत महँगी बढेको  बैंकले जनाएको छ । यो अवधिसम्ममा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि आठ दशमलव ०५ प्रतिशत र गैरखाद्य तथा सेवा क्षेत्रको मूल्यवृद्धि आठ दशमलव ८५ प्रतिशत रहेको छ । 

त्यस्तै, रेष्टुराँ तथा होटल क्षेत्रको वार्षिक बिन्दुगत मूल्यवृद्धि १५ दशमलव ९१ प्रतिशत, फलफूलको १२ दशमलव ०६ प्रतिशत, मदिराजन्य पेय पदार्थको १० दशमलव २४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव ४५ प्रतिशत र सुर्तीजन्य पदार्थको आठ दशमलव ४४ प्रतिशत रहेको छ । सेवा समूहअन्तर्गत यातायात क्षेत्रको मुद्रास्फीति २१ दशमलव १५ प्रतिशत, स्वास्थ्य क्षेत्रको १० दशमलव ५४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणको नौ दशमलव ४५ प्रतिशत र शिक्षाको आठ दशमलव ११ प्रतिशत रहेको छ ।

प्रतिवेदन अनुसार असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३ दशमलव ७३ प्रतिशत रहेको छ । 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : ०१ बजे

मर्स्याङ्दी जलविद्युतको मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ– आँबुखैरेनी गाउँपालिका– ४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली – गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गोकुल बाँस्कोटाले नेकपा ‘कोल्याप्स’को कारण यसरी सम्झिए

काठमाडौं– नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पाँच