काठमाडौं–५ मा एमालेसहित विभिन्न दलका ५० भन्दा धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश « Khabarhub

काठमाडौं–५ मा एमालेसहित विभिन्न दलका ५० भन्दा धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टी प्रवेशले तिव्रता पाएको छ । मंसिर ४ को निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा काठमाडौं क्षेत्र नं ५ मा एमालेसहित विभिन्न पार्टीका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बुधवार टोखा नगरपालिकाका विभिन्न वडाबाट एमालेसहित अन्य राजनीतिक दलबाट ५० भन्दा बढी नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन् ।

बुधवार नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा उम्मेदवार प्रदीप पौडेल र प्रदेश सभा ख का उम्मेदवार श्याम बहादुर खड्काले उनीहरुलाई स्वागत गरेका हुन् ।

निर्वाचनका बेला नयाँ पार्टीमा आइ नयाँ पुस्ताका उम्मेदवारलाई मत हाल्न पाउँदा खुसी लागेको उनीहरुले बताएका छन् । त्यसैगरी, नेता पौडेलले कांग्रेसमा आएका उनीहरुलाई स्वागत गर्दै आगामी दिनमा सबैको मन जितेर काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ८ : ३० बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा