४ मंसिरको निर्वाचन संविधान जोगाउने र च्यात्ने गठबन्धनबीचको जनमत संग्रह : प्रचण्ड « Khabarhub

४ मंसिरको निर्वाचन संविधान जोगाउने र च्यात्ने गठबन्धनबीचको जनमत संग्रह : प्रचण्ड


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरको निर्वाचन संविधान जोगाउने र संविधान च्यात्ने गठबन्धनबीचको जनमत संग्रह भएको बताएका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनले बुधबार खोटाङको दिक्तेलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र संघीयताको रक्षा गर्ने तथा संविधान च्यात्न चाहने, उल्ट्याउन चाहने र राजतन्त्रतिर फर्काउन चाहने प्रवृत्ति बीचको जनमत संग्रहको रुपमा निर्वाचन हुन लागेको जिकिर गरेका हुन् ।

अध्यक्ष दाहालले विकास र समृद्धिको आकांक्षाप्रति प्रतिवद्ध हुँदै प्रतिगमनलाई सदाका लागि हराउनुपर्ने कार्यभार गठबन्धनको काँधमा रहेको उल्लेख गरे ।

सोही चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेसका सह–महामन्त्री एवम् प्रवक्ता डा. प्रकासशरण महतले नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘कुरा गर्ने तर काम नगर्ने’ गरेको आरोप लगाएका छन् । डा. महतले ओलीले समावेसी संविधानलाई भत्काउन चाहेको दाबी गरे । उनले देशमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको औंल्याएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ८ : ४१ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा