पोखराबाट पहिलो उडान भर्न एयरलाइन्सको चासो « Khabarhub

पोखराबाट पहिलो उडान भर्न एयरलाइन्सको चासो


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आउँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। नागरिक उड्ययन प्राधिकरण कार्यक्रमको तयारीमा जुटिसकेको छ।

तर, अहिलेसम्म विमानस्थलबाट कुन जहाजले पहिलो उडान भर्ने भन्ने निर्णय भएको छैन। यद्यपी विभिन्न कम्पनीले पहिलो उडानमा चासो देखाएका छन्। नेपाली र विदेशी हवाइ कम्पनीले समेत चासो देखाएका प्राधिकरणले जनाएको छ।

विमानस्थलबाट उडानका लागि भारतीय, चिनियाँ विमान कम्पनीका साथै थाइ एयर, जजिरा एअरवेजले चासो देखाएको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए। विमानस्थलबाट नेपाली विमान कम्पनी बुद्ध एयर र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्न अनुमति मागेका छन्।

पोखराका मेयर धनराज आचार्यले आफूसँग पनि विभिन्न चार वटा विदेशी एयरलाइन्स कम्पनीले भेटेरै पहिलो उडानमा चासो दिएको बताए। ‘मसँग ज्ञारेण्टी माग्नुभएको छ। केही आन्तरिक व्यवस्थापन हामीले मिलाउनुपर्ने भएको छ,’ उनले भने, ‘४ वटा कम्पनीले मलाई नै भेटेर सहजीकरणको प्रस्ताव गर्नु भएको छ।’ खासगरी पोखराको ल्याण्डफिल साइट हटाउन नसक्दा अहिले बढी समस्या देखिएको छ।

बुद्ध एयरले पोखरालाई हब बनाएर भारतका तीन प्रमुख शहरमा उडान भर्ने तयारी गरेको छ। बनारस, नयाँ दिल्ली र देहरादुनमा बुद्धले उडान भर्न लागेको हो। विमानस्थलमा क्यालिब्रेसन फ्लाइट समेत भैसकेको छ। प्रतिवेदन पाएपछि उडानका लागि थप सहयोग पुग्छ।

क्यालिब्रेसन फ्लाइटका लागि थाइ एयर पोखरा आएको थियो।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ६ : २८ बजे

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले