पर्यटकीयस्थल पाँचपोखरी सफाइ अभियान सुरु « Khabarhub

पर्यटकीयस्थल पाँचपोखरी सफाइ अभियान सुरु


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – पर्यटकीयस्थल पाँचपोखरीको सरसफाइ अभियानबाट पाँच सय किलो फोहर सङ्कलन गरिएको छ । कुहिने र नकुहिने गरी पाँच सय किलो फोहर सङ्कलन गरी भरियामार्फत भोताङको फोहर सङ्कलन केन्द्रमा ल्याइएको सहयोगी संस्था आर्सो नेपालका परियोजना संयोजक हर्क तामङले बताए ।

‘पर्यटन प्रवर्द्वनमा हाम्रो दृष्टि, सफा राखौँ आफ्नो सृष्टि’ भन्ने नाराका साथ गत मङ्गलबारदेखि पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाइ अभियान सुरु गरिएको संस्कृति पर्यटन प्रवर्द्धन समितिका सचिव मुकुन्द पाण्डेले जानकारी दिए ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना, नेपाल पर्यटन बोर्ड, न्यूभिजन नेपालको सहआयोजना तथा आर्सो नेपाल र टिजी एच नेपालको समन्वयमा विश्वकै नवौँ अग्लो स्थानमा पर्ने पाँचपोखरीको सरसफाइ अभियान गरिएको हो ।

पाँचपोखरी नेपाल भ्रमण वर्ष २०२० मा घुम्नैपर्ने पर्यटकीयस्थलहरूको सूचीमा समेत परेको गाउँपालिकाका अध्यक्ष टासी लामाले सुनाए । जनै पूर्णिमाका अवसरमा मेला लाग्ने र भक्तजन तथा पर्यटकले प्लाष्टिक, बोतललगायत अन्य सामग्रीको जथाभावी प्रयोगले वातावरण बिग्रने हुनाले सरसफाइ अभियान सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : ३८ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही