विश्वकपमा रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगलका प्रशिक्षक बर्खास्त « Khabarhub

विश्वकपमा रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगलका प्रशिक्षक बर्खास्त


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप फुटबलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त भएका छन् ।

पोर्चुगल फुटबल महासंघले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक सान्तोसलाई बिहीबार बर्खास्त गरेको हो ।

प्रशिक्षक सान्तोसले दुई खेलमा कप्तान रोनाल्डोलाई बेच्नमा राखेपछि विवादमा तानिएका थिए । रोनाल्डो बेन्चमा बसेको खेलमा पराजित हुँदै पोर्चुगल क्वाटरफाइनलबाट घर फर्किन बाध्य भएको थियो ।

पहिलो हाफ रोनाल्डो बेन्चमा रहेको क्वाटरफाइनल खेलमा मोरक्कोसँग पराजित हुँदै पोर्चुगल कतार विश्वकपबाट घर फर्किएको हो।

रोनाल्डोलाई बेन्चमा राखेको स्वीट्जरल्यान्डविरूद्धको खेलमा पोर्चुगल विजयी भए पनि मोरक्कोसँग पराजित भएको थियो ।

६८ वर्षियले सान्तोस आठ वर्षदेखि पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीमा थिए । रोनाल्डोलाई बेन्चमा राख्ने उनको निर्णयप्रति विश्वभरका फ्यानले आक्रोश व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : ४२ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर