बजार ढलानको ठेक्का लिएका ठेकेदार सम्पर्कविहीन « Khabarhub

बजार ढलानको ठेक्का लिएका ठेकेदार सम्पर्कविहीन


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्कबजार ढलानको जिम्मा लिएको निर्माण व्यवसायी सम्पर्कविहीन बनेको छ।

१६ असार ०७९ सम्ममा सम्पन्न गर्नेगरी १ चैत २०७८ मा ऐसेलुखर्कबजारको ७३ मिटर खण्ड ढलानको जिम्मा पाएको निर्माण कम्पनी केपी कन्ट्रक्सन वीरेन्द्रनगर, सुर्खेत सम्पर्कविहीन बनेको हो। करिब ६० प्रतिशत काम सकेपछि निर्माण व्यवसायीले बजार ढलानको काम अलपत्र पारेको छ।

सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको २३ लाख ९५ हजारमा केपी कन्ट्रक्सनले रोड र ड्रेनको अपग्रेडेसन तथा इम्प्रोभमेन्टको ठेक्का लिएको थियो।

केपी कन्ट्रक्सनले २७ फागुन २०७८ मा आरसिसि ढलानको ठेक्का सम्झौता गरेको सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर विनोदकुमार मण्डलले बताए। माटो, सडक सोलिङ र ड्रेनको काम सकेपछि निर्माण व्यवसायीले बाँकी काम अलपत्र छाडेको हो। सडकमा रड राखेर ढलान गर्न मात्र बाँकी छ। तर निर्माण कम्पनीले हालसम्म कुनै पनि भुक्तानी नलिएको इन्जिनियर मण्डलले बताए।

निर्माण व्यवसायीले निर्माणस्थलमा रड, गिटी बालुवा लगायतका निर्माण सामग्री ल्याइसकेका छन्। निर्माणस्थलमा ल्याइएका सिमेन्ट बिग्रिसकेका छन्। ढलानमा ढिलासुस्ती हुँदा सम्पन्न भइसकेको काम समेत भत्किन थालिसकेको छ। ऐसेलुखर्क बजार प्रवेश गर्ने ठाउँबाट बजार ढलानको काम सुरु गरिएको थियो। निर्माण व्यवसायीलाई पटक–पटक सम्पर्क गर्दा पनि ढाँट्ने गरेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए।

निर्माण व्यवसायीलाई सम्पर्क गरेर सोधखोज गर्दा भाका राख्ने तर भनेको समयमा नआउने गरेको पालिकाबासीको गुनासो छ। करिब छरसात महिनापछि सम्पर्कमा आएका निर्माण व्यवसायीले पुःन केही हप्तापछि काम सुचारु गराउने भनेको इन्जिनियर मण्डलले बताए।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ८ : ४६ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी