विभिन्न कारणले पाँच महिनामा ५४ वन्यजन्तु मरे « Khabarhub

विभिन्न कारणले पाँच महिनामा ५४ वन्यजन्तु मरे


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन् । गत साउनयता ती वन्यजन्तु मरेका हुन् । तीमध्ये २७ प्राकृतिक कारण र २१ कुकुरको आक्रमणबाट मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार जुधेर, सडक दुर्घटनामा परेर, विद्युत् करेन्ट लागेर, दलदलमा परेर, अन्य कारणले दुई  जनावर मरेका छन् ।  मर्नेमा सबैभन्दा धेरै चित्तल रहेका छन् । पाँच महिनाको अवधिमा ३२  चित्तल मरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ ।

तीमध्ये प्राकृतिक कारणले १०, कुकुरको आक्रमणमा परी २०, दलदलमा परेर र सडक दुर्घटनामा परी एक-एक क्षेत्रभित्र पाँच गैँडा मरेका छन् । तीन प्राकृतिक कारणले मरेका छन् भने जुधेर र करेन्ट लागेर एक-एक गैँडा मरेको उनले बताए । घडीयाल गोही र गौरीगाई तीन-तीन  प्राकृतिक कारणले मरेका छन् ।

हात्ती, जरायो, बँदेल, कछुवा दुई-दुई  पाँच महिनाका अवधिमा मरेको निकुञ्जले जनाएको छ । चितुवा, लगुना र धनेस एक-एक वटा मरेको छन् । यस आर्थिक वर्षमा चोरी सिकारीले वन्यजन्तु मार्न पाएका छैनन् । निकुञ्जको सुरक्षा योजनासँगै समुदायमा आएको सचेतनाका कारण जनावर चोरी सिकारीले मार्न नसकेको उनले बताए ।v

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १२ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै