सिमेन्टबाट ‘ब्लक’ उत्पादन गरेर जीविकोपार्जन « Khabarhub

सिमेन्टबाट ‘ब्लक’ उत्पादन गरेर जीविकोपार्जन


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बेदकोट- कोरोना महामारी सुरु हुनुअघि कञ्चनपुर भीमदत्त नगरपालिका-११ महाकाली किनारका सुनिल सुधार रोजगारीका लागि भारतको सुरतमा थिए। वर्षमा एक दुई महिना मात्रै घर आउने गरे पनि अधिकांश समय उनी जागिरकै सिलसिलामा भारतमै रहन्थे ।

कोरोना महामारीका कारण जागिर गुमेपछि घरमै बस्दै आएका उनी यतिबेला सिमेन्टबाट ब्लकलगायतका सामग्री उत्पादन गरिरहेका छन् । यसबाट भारतमा भन्दा बढी आम्दानी हुने भएकाले यसैमा सजिलो भएको उनको भनाइ छ । 

‘कोरोना सङ्क्रमणको त्रासकै बेला जेनतेन घर फर्किए, केही समय कोरोनाकै त्रासमा बित्यो, तर सधैँ त्रासमै बाँच्न सकिएन, खानका लागि केही न केही गर्नुपर्ने भयो,’ उनले भने, ‘भारतको राजेगारी गुमिसकेको थियो, अन्त जाने बाटो थिएन, कुनै व्यापार व्यवसाय गर्न पनि लगानी थिएन ।’ त्यसैले विभिन्न सङ्घ संस्थाबाट तालिम लिएर ब्लक, टायल र पिलर उत्पादनको काम सुरु गरेका हुन् ।

 ‘कोरोनापछि बेरोजगार भएको थिएँ, विभिन्न सङ्घ संस्थाले ब्लक बनाउने मेसिन र ब्लक बनाउनका लागि तालिम पनि दिएँ,’ उनले भने , ‘त्यसपछि कामका लागि भारत जानु परेको छैन, ब्लक उत्पादन गरेर जीविकोपार्जन सहज भएको छ ।’ सानो लगानीमा पनि ब्लक, टायल र पिलर उत्पादनको काम गरेर जीविकापोर्जन गर्ने गरेको शनि सुनारको भनाइ छ । ‘घर बनाउँदा इँटाभन्दा पनि ब्लकको प्रयोग बढ्न थालेको छ, ठाउँ ठाउँबाट माग आइरहेको छ,’ उनले भने, ‘विगतमा बेरोजगार भएर घरमै बस्नु पर्‍थ्यो, अहिले यहीँ पेसाबाट घरखर्च चलाउँछु ।’

दश हजार इँटा प्रयोग हुने घरमा छ हजार ब्लक भए पुग्ने हरिनाथको भनाइ छ । ‘मिस्त्री र अन्य कामदारको खर्च पनि बल्कले घटाउँछ,’ उनले भने, ‘एक बोरा सिमेन्टबाट ५५ देखि ६० सम्म ब्लक बनाउन सकिन्छ ।’

अहिले प्रतिब्लक ४० देखि ४५ सम्म बिक्री हुने गरेको उनले बताए। ब्लकको बजारीकरणलाई बढाउँदै लैजाने पनि उनको योजना छ । 

‘ब्लक उत्पादनबाट राम्रो आम्दानी छ, विदेश जानु परेको छैन भने स्वदेशमै काम गर्न पाउँदा सहज भएको छ’, यशोदा थापाले भने , ‘भारतमा मजदूरी गरेर बचत हुने भन्दा आफ्नै ठाउँमा काम गर्दा राम्रो आम्दानी गर्न सकिन्छ ।’

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  २ : २५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार