‘अब ‘ग्रिनरी’ र ‘क्लाइमेट चेन्ज’ विषय पाठ्यक्रममा समेटिनुपर्छ’ « Khabarhub

‘अब ‘ग्रिनरी’ र ‘क्लाइमेट चेन्ज’ विषय पाठ्यक्रममा समेटिनुपर्छ’


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पछिल्लो समय पृथ्वीको बढ्दो तापक्रम र यसले निम्त्याउने असरका विषयमा विद्यालय शिक्षामा नै पढाई हुनुपर्ने आवाज उठ्न थालेको छ । जलवायु परिवर्तनले गर्दा निम्तिएको असर र यसले नेपालमा पार्ने असरका विषयमा विद्यालय शिक्षा अध्ययन गर्ने बालबालिकालाई पढाई हुनुपर्ने भन्दै आवाज बढ्न थालेको हो ।

काठमाडौँमा शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘दिगो विकास लक्ष्य कार्यान्वयनको अवस्था, चुनौति र अवसर’ विषयक कार्यक्रममा एक विशेष प्रतिवेदन प्रस्तुत गर्दै युनेस्कोका शिक्षा शाखा प्रमुख ध्रुवराज रेग्मीले अब ‘ग्रिनरी र क्लाइमेट चेन्ज’को विषय पाठ्यक्रममै समेटिनुपर्ने बताएका हुन् ।

उनले दिगो विकास लक्ष्य कार्यान्वयन र त्यसको प्राप्तिका लागि पाठ्यक्रममा बदलिदो समय र यसले गर्न सक्ने असर तथा ल्याउन सक्ने परिवर्तनका विषय समेटिनुपर्ने बताएका हुन् ।

‘पृथ्वीको बढ्दो तापक्रम र जलवायु परिवर्तनले धेरै असर गर्ने सम्भावना छ’ उनले कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै भने, ‘अब यी विषयमा पाठ्यक्रममै समेटेर पढाउन आवश्यक छ । र, अहिलेको पाठ्यक्रम परिमार्जन गर्न पनि आवश्यक छ ।’

कार्यक्रममा उनले दिगो विकास लक्ष्य प्राप्तिका लागि विद्यालय शिक्षा सबैभन्दा महत्वपूर्ण भएको पनि बताए ।

युनेस्कोको सहकार्यमा शिक्षा पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा दिगो विकास लक्ष्य हासिल गर्ने चुनौति, अवसरका विषयमा शिक्षा मन्त्रालयका उपसचिव घनश्याम अर्याल र शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष सुदर्शन सिग्देलले पनि कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शिक्षा पत्रकार, शिक्षा सरोकारवाला, विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ३ : ०४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस