अमेरिकी राष्ट्रपति बाइडेनले आगामी वर्ष अफ्रिकाको भ्रमण गर्ने « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेनले आगामी वर्ष अफ्रिकाको भ्रमण गर्ने


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष अफ्रिकी राष्ट्रहरूको भ्रमण गर्ने घोषणा गरेका छन् । अमेरिकामा आयोजित अमेरिकी–अफ्रिकी नेताहरूको शिखर सम्मेलनलाई समापन गर्दै उनले उक्त घोषणा गरेका हुन् ।

राष्ट्रपतिले भ्रमणको घोषणा गरेपनि त्यसलाई औपचारिक भ्रमणसूचीमा भने समावेश गरिएको छैन । विकासको पथमा अग्रसर भइरहेको अफ्रिकी महादेशप्रति आफ्नो ध्यान केन्द्रित रहेको बताउँदै उनले अफ्रिकी राष्ट्रहरूलाई सक्दो सहयोग गर्ने दृढता पनि व्यक्त गरे ।

दश वर्ष यता अमेरिकी राष्ट्रपतिबाट अफ्रिकाको औपचारिक भ्रमण भएको छैन । आगामी वर्ष राष्ट्रपतिबाट निजी भ्रमण हुनसक्ने बताइएको छ । उनले सम्मेलनमा सहभागी ४९ देशका सरकार एवम् राष्ट्रप्रमुखसमक्ष भ्रमण गर्ने प्रतिबद्धता जनाएका थिए ।

अमेरिकाको तुलनामा चीनले अफ्रिकी देशहरूमा अधिक व्यापार गरिरहेको तथा सैन्य उपस्थिति पनि बढाउने प्रयास गरिरहेका बेला अफ्रिकी नेतासँग बाइडेन प्रशासनले शिखर सम्मेलन आयोजना गरेको हो ।

अफ्रिकी राष्ट्रहरूसँग अमेरिकी सम्बन्ध विस्तार गर्ने उद्देश्यले सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले अफ्रिकी नेताहरूको शिखर सम्मेलन आयोजना गरेका थिए ।

सोही उद्देश्य प्राप्तिका निम्ति राष्ट्रपति बाइडेनले यो वर्ष पनि सम्मेलनको आयोजना गरेका हुन् । विश्वका शक्ति राष्ट्रहरूका लागि अफ्रिकी मुलुकहरू प्राकृतिक स्रोतका साथै संयुक्त राष्ट्रसङ्घमा मत प्राप्त गर्न महत्वपूर्ण मानिन्छन् ।

टर्की र चीनका लगानीकर्ताले नाइजरमा लगानी बढाइरहेका बेला अमेरिकाले पनि त्यसो गर्नसक्ने नाइजरका राष्ट्रपति मोहम्मद बजुमले बताएका छन् ।

अमेरिकी राष्ट्रपतिले अफ्रिकी सङ्घलाई विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च ‘जी ट्वेन्टी’को स्थायी सदस्य बनाउन अमेरिकाको समर्थन रहने औपचारिक घोषणा गरेका छन् । साथै उनले अफ्रिका महादेशको खाद्य सुरक्षाका निम्ति दुई अर्ब अमेरिकी डलर खर्च गर्ने योजनाबारे जानकारी पनि दिएका छन् । उनले अफ्रिकी राष्ट्रहरूमा आगामी वर्ष हुने आम निर्वाचनलाई शान्तिपूर्ण एवम् पारदर्शी तुल्याउन १६ करोड ५० लाख डलर सहयोग गर्ने घोषणा पनि गरेका छन् ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ४ : १२ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि