५१ औँ दिन पूरा गर्दै ‘महापुरुष’ « Khabarhub

५१ औँ दिन पूरा गर्दै ‘महापुरुष’


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘महापुरूष’ ले प्रदर्शनको ५१औँ दिन पूरा गर्ने भएको छ । फिल्मले शनिबार काठमाडौँसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गर्दै छ । नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको फिल्म १ डिसेम्बरदेखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन सुरू गरिसकेको छ । दर्शकबाट पाइरहेको प्रतिक्रियाले फिल्मले ५१औँ दिनको यात्रा पार गर्न लागेको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए ।

‘फिल्म हेर्न आउने दर्शकको सन्तुष्टिले नै यसलाई ५१ दिन पार गराउँदै छ । हामीले दर्शकबाट पाएको यो मायालाई व्यक्त गर्ने शब्द छैन’, निर्देशक भट्टराईले भने । अमेरिकाको डलासबाट सुरु भएको प्रदर्शन ‘५१औँ’ दिन पार गर्दै छ । कोरोना भाइरसको महामारीपछि ५१ औँ दिन पार गर्ने यो दोस्रो फिल्म हो । यसले घरेलु बक्स अफिसमै १० करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ ।

‘५१ औँ दिन परे गरेको खुसी हामी कार्यक्रम गरेर साट्दै छौँ । दर्शकप्रति कृतज्ञ छौँ’, निर्माता म्याक्स दीपेश खत्रीले भने । फिल्मले परिवारलाई जोड्ने कामसमेत गरिरहेको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए । ‘हाम्रो फिल्म हेर्न परिवार जम्मा भएर आइरहनु भएको छ । फिल्म हेर्ने बहानामा उहाँहरूको घुमघाम समेत भइरहेको छ’, निर्देशक भट्टराईले ।

आठौँ हप्तामा फिल्मले मल्टिप्लेक्स चेन क्युएफएक्स, कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिज, जमलमा रहेको विश्वज्योति सिनेप्लेक्स, गोंगबुमा रहेको बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्स, सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफ र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युब समेत शो छ । बानेश्वरमा र कालिमाटीमा रहेको वान सिनेमाज आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मल हलमा समेत फिल्म प्रदर्शनरत छ ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलक पुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ ।

भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ४ : २९ बजे

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित

परम्परागत सीप संरक्षणमा हेटौँडा उपमहानगरको जोड

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड

विश्वकप फाइनलमा मेसी र यमालको महँगो भिडन्त : एउटा टिकटको मूल्य ३० करोड रुपैयाँ !

काठमाडौँ – अमेरिकाको न्युयोर्क न्युजर्सी (मेटलाइफ) स्टेडियममा हुने फिफा विश्वकप

विपद पूर्वतयारीमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

अर्थसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसा अन्तर्गत रहेका दुई वटा समितिको बैठक