शिक्षामा बजेट अभावले दिगो विकास लक्ष्य हासिल गर्न चुनौति « Khabarhub

शिक्षामा बजेट अभावले दिगो विकास लक्ष्य हासिल गर्न चुनौति


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षा क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरे दिगो विकासको लक्ष्य हासिल हुन नसक्ने सरोकारवालाहरुले बताएका छन् । शिक्षा पत्रकार समूहले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताले तीनै तहका सरकारले शिक्षा क्षेत्रमा लगानीको प्रतिबद्धता जनाए दिगो विकासका लक्ष्य हासिल हुने बताएका थिए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले तत्कालका लागि बजेट अभाव देखिएपनि निर्धारित समयमा लक्षित उपलब्धी हासिल हुने बताए । योजनाहरुको प्रभावकारी कार्यान्वयन भएको खण्डमा दिगो विकास लक्ष्य हासिल गर्न कुनै कठिनाइ नभएको उनको भनाइ छ ।

तत्कालका लागि बजेटको कमी रहेको बताउँदै उनले शिक्षाका लागि छुट्याइएको बजेटको ठूलो हिस्सा शिक्षक, कर्मचारीहरुको तलबमा खर्च हुने गरेको जनाए । यस्तो हुँदा विद्यालयहरुमा थप कार्यक्रम संचालन गर्न गाह्रो हुने गरेको उनको भनाइ छ ।

त्यस्तै, कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले भने संघीय सरकारले आवश्यक बजेटको व्यवस्था नगरे शिक्षामा दिगो विकास लक्ष्य हासिल हुन कठिन रहेको बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका कोषाध्यक्ष उमेश भट्टले संघले स्थानीय तहमा योजना र जिम्मेवारी मात्रै दिएको तर कार्यान्वयनका लागि बजेट नदिएको बताए ।

कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव घनश्याम अर्याल, युनेस्को काठमाडौंका शिक्षाप्रमुख ध्रुव रेग्मी, शिक्षा पत्रकार सुदर्शन सिग्देलले कार्यपत्र प्रस्तुत गरेका थिए । ती कार्यपत्रमा शिक्षा अभियन्ताहरु वाइपी आचार्य, प्रकाश घिमिरे र राजकुमार बरालले टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ५ : ३३ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन