राजनीतिक नेतृत्वमा रहेकासमेत पत्रकार महासंघको सदस्य भएकोमा चिन्ता « Khabarhub

राजनीतिक नेतृत्वमा रहेकासमेत पत्रकार महासंघको सदस्य भएकोमा चिन्ता


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– नेपाल पत्रकार महासंघ अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा जारी साधारणसभामा पत्रकारिताको शुद्धिकरणको विषयले प्राथमिकता पाएको छ । महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सुरु भएको साधारणसभामा बोल्नेहरूले विषम परिस्थितिमा पत्रकारिता गरी हाल अन्य पेसा व्यवसायमा रहेकाले महासंघको सदस्यता त्याग गर्नुपर्नेमा जोड दिएका छन् ।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, एमाले नेता शम्भु पोखरेल, माओवादी केन्द्रका नेता कृष्णहरि भुसाल, पत्रकार महासंघका पूर्वअध्यक्ष निमबहादुर रिजाल, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलगायतले पत्रकार र दलको नेता चिन्न नसकिने अवस्था आउनु सिंगो पत्रकारिताको समस्या रहेको बताए । 

नेपाली कांग्रेसका नेता विष्णु मुस्कान, पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, महासंघ अर्घाखाँचीका पूर्वअध्यक्ष शोभाकर पन्थीलगायतले भने पत्रकारिता विचारविनाको हुन नसक्ने भन्दै पत्रकारहरूले गर्ने राजनीतिलाई स्वाभाविक मान्नुपर्ने आशय व्यक्त गरेका थिए ।

 

 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ५ : ५१ बजे

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने

 निगमको पाक्षिक घाटा तीन अर्ब बढी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भारतबाट महँगिएर आयो इन्धन, नेपालमा भाउ यथावत् राख्ने निगमको निर्णय

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने