संयुक्त राष्ट्रसंघको शान्ति सेनामा नेपाली सैनिकको संख्या ६ हजार नाघ्यो « Khabarhub

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा नेपाली सैनिकको संख्या ६ हजार नाघ्यो


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ नेपाली सैनिकको संख्या ६ हजार नाघेको छ। मिनुस्का मिशन मध्य अफ्रिकी गणतन्त्रमा मंसिर २७ गते लाइट इन्फन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका २०२ जना शान्ति सैनिकहरूको तैनाथीसँगै शान्ति मिशनहरूमा नेपाली फौजको तैनाथी संख्या ६०१६ पुगेको हो।

नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेपछि विश्वमा नेपाली सुरक्षाकर्मीहरू पनि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकका कुना-कुनामा शान्ति स्थापनार्थ सहभागी भइरहेका हुन्। 

नेपाली सेनाका अनुसार ६ दशकभन्दा बढी विश्व शान्ति स्थापनाको यात्रामा नेपाली सेनाले ४४ वटा मिशनहरूमा एक लाख ४२ हजार ५८५ जना सैनिक खटाइसकेको छ जसमा १९८२ जना महिला सैनिकहरूसमेत समावेश रहेका छन्।

विश्व शान्ति स्थापनाको यात्रामा हालसम्म ७१ जना नेपाली सेनाका शान्ति सैनिकहरूले सहादत प्राप्त गरेका छन् भने ६८ जना घाइते भएका छन्।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : ३२ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको