२७ लाख बराबरको सुन चोरी आरोपमा एक महिला पक्राउ « Khabarhub

२७ लाख बराबरको सुन चोरी आरोपमा एक महिला पक्राउ


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठूलो परिमाणमा सुनको गहना चोरी गरेको आरोपमा पोखरा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पोखराबाट २७ लाख रुपैयाँ बराबरको सुनको गहना चोरी आरोपमा प्रहरीले पर्वतको मोदी घर भएकी टीका श्रेष्ठलाई पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोलबाट पक्राउ गरेको हो ।

ललाइफकाइ गरेर विभिन्न ९ जनाका सुनका गहना चोरी गरेको आरोपमा उनी पक्राउ परेकी परेकी हुन् । पोखराका विभिन्न स्थानका वृद्ध–वृद्धाले लगाएका सुनका गहना तथा घरमा राखिएका सुन उनले चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले पोखरा रानीपौवाका ७८ वर्षीय दुर्गाकुमारी पाध्याको सुनको सिक्री, तिलहरी, झुम्का, पञ्चरत्न बाला, औठी र टप चोरी गरेकी छिन् । पाटनबेसीका ८३ वर्षीय रिखीमाया सापकोटाको सुनको सिक्री र औठी, माटेपानीका ७० वर्षीय तिलकुमारी थापाको सुनका बाला २ जोर, गैह्रापाटनका ७९ बर्षीय लक्ष्मी कोइरालाको सुनको सिक्री, उपकार मार्गका ९० वर्षीय शान्तिमाया गुरुङको सुनको सिक्री, फूलबारीका ८७ वर्षीय ठगकुमारी महतका सुनको सोवकी र औठी, गलेश्वर मार्गका ५४ वर्षीय दुर्गा गिरीको मंगलसुत्र, चोरी गरेको प्रहरीले जनाएको छ ।

यस्तै पोखरा महानगर वडा नम्बर २७ की ६५ वर्षीय मधुमाया पौडेलको मंगलसुत्र, झुम्का, चुरी, औठी, चन्द्रमा र तिलहरी र मिनलटोलका ८२ बर्षीय डुमादेवी थापाको सुनको बाला चोरी गरेको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

चोरी तथा डाँका मुद्दामा श्रेष्ठमाथि अनुसन्धान गर्न ५ दिन अदालतबाट म्यादसमेत लिइएको छ ।

 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : ३८ बजे

चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियता : सुरक्षित यात्राका लागि सचेतना

काठमाडौं– दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले

सरकारले निजी क्षेत्रलाई पत्र लेखेरै भन्यो- ‘कामदारलाई एक महिनाको पारिश्रमिक बराबर चाडपर्व खर्च दिनू’

काठमाडौं– सरकारले निजी क्षेत्रका छाता संगठनहरूलाई पत्र लेखेरै श्रमिकलाई चाडपर्वमा

जेलेन्स्कीलाई जानकारी नदिई ट्रम्पले घोषणा गरे रुस र युक्रेनबिच ‘तत्काल लागू हुने गरी’ ऊर्जा युद्धविराम

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र युक्रेनबिच तत्काल लागू

हराउन थाले दसैँका परम्परागत पिङ

डडेल्धुरा– नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका