‘राष्ट्रिय मुद्दाका विषयमा दलबीच सम्झौता र सहमति आवश्यक’  « Khabarhub

‘राष्ट्रिय मुद्दाका विषयमा दलबीच सम्झौता र सहमति आवश्यक’ 


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राजनीतिक स्वार्थलाई त्यागेर राष्ट्रिय मुद्दाको विषयमा दलबीच सम्झौता र सहमति आवश्यक रहेको बताएका छन् ।

सञ्चार डबलीद्वारा आज यहाँ आयोजित हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले नयाँ दलको आगमनसँगै अरु दलका लागि चुनौती खडा भएकाले सबै दलले गम्भीरतापूर्वक सोच्न जरुरी रहेको बताए । उनले राष्ट्रिय मुद्दाको विषयमा सम्झौता र सहमति गरी एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गरे । 

महासचिव गुरुङले हुम्ला जिल्लाको समग्र आर्थिक समुन्नतिका लागि कृषि, पशुपालन, जडीबुटीको सम्भावना उच्च रहेकाले पूर्वाधारको विकासमा ध्यान दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा (भोटे)ले दुर्गम जिल्ला हुम्लामा लुकेका पर्यटकीय गन्तव्यलाई पहिचान गरी पशुपालन, जडीबुटीलगायत जिल्लाको समग्र विकासका लागि जिम्मेवारी बहन गर्नेमा प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : ५२ बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल