‘हरेक फिल्ममा उस्तै सङ्घर्ष हुन्छ’ « Khabarhub

‘हरेक फिल्ममा उस्तै सङ्घर्ष हुन्छ’


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन् । पछिल्लो फिल्ममार्फत सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’ बाट आशावादी छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा अभिनेता सिग्देलले सफलता र निरन्तरताको बारेमा प्रस्ट्याए । “म कतै हराएको छैन । फिल्ममा अभिनय गरिरहेको छु । मेरो लागि हरेक फिल्म नयाँ हुन्छ”, अभिनेता सिग्देलले भने, “हरेक फिल्ममा उही सङ्घर्ष र मेहनत हुन्छ । यद्यपि पछिल्लो समय आशावादी भएको फिल्म भने यही हो । दर्शकले खोजे झैँ यसमा हाँसो, रोदन, प्रेम र द्वन्द्वको मिश्रण छ ।”

अभिनेता सिग्देलले डेढदशक लामो फिल्मी यात्रामा ४० वटामा अभिनय गरेका छन् । ‘क्लिन हिट’ को खोजीमा रहेका अभिनेता सिग्देल यसपटक प्राविधिक पक्षमा सक्रिय छन् । “मैले सहयोगी भाव डेब्यु फिल्म ‘किस्मत’ देखि नै देखाउने गरेको छु । म फिल्म खेलेर आफ्नो काम मात्र पूरा गर्दिन । राम्रो बनाउन सकेको मेहनत गर्छु”, उनले भने । फिल्ममा आर्यनसँगै उपासना सिंह ठकुरी, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायत कलाकारको अभिनय रहेको छ ।

रामप्रसाद रिजाल निर्माता रहेको ‘डिसेम्बर फल्स’ रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । यसमा कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले छन् । निर्माणमा रिजाललाई राजकुमार भट्टले साथ दिएका छन् । यसमा विपीका खनालको कथा, केदार भुसाल र प्रतीक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियोग्राफी छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ८ : २३ बजे

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका