सिरहामा कटुवा पेस्तोलसहित पक्राउ « Khabarhub

सिरहामा कटुवा पेस्तोलसहित पक्राउ


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिरहा – इलाका प्रहरी कार्यालय विष्णुपुर सिरहाबाट खटिएको टोलीले एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।

प्रहरी नायब निरीक्षक गोविन्दकुमार खत्रीको नेतृत्वको गस्ती टोलीले बुधबार राति जिल्ला सिरहा विष्णुपुर गाउँपालिका–३ राजपुर बस्ने जितलाल दास तत्माको छोरा २२ वर्षीय विन्दे भन्ने सावनकुमार दासलाई शङ्का लागि जाँच गर्ने क्रममा निजको साथबाट कटुवा पेस्तोल एक थान, गोली राउण्ड एक, रेडमी कम्पनीको स्क्रिन टच मोबाइल एक थान, एनसेल सिम एक थान र नागरिकताको प्रतिलिपि एक थानसमेत फेला पारी रीतपूर्वक बरामद गरी निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याइएको हो ।

जिल्ला अदालत सिरहाबाट हातहतियार तथा खरखजाना मुद्दामा पाँच दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले बताए।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १० : ०५ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ