सिरहामा कटुवा पेस्तोलसहित पक्राउ | Khabarhub Khabarhub

सिरहामा कटुवा पेस्तोलसहित पक्राउ


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिरहा – इलाका प्रहरी कार्यालय विष्णुपुर सिरहाबाट खटिएको टोलीले एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।

प्रहरी नायब निरीक्षक गोविन्दकुमार खत्रीको नेतृत्वको गस्ती टोलीले बुधबार राति जिल्ला सिरहा विष्णुपुर गाउँपालिका–३ राजपुर बस्ने जितलाल दास तत्माको छोरा २२ वर्षीय विन्दे भन्ने सावनकुमार दासलाई शङ्का लागि जाँच गर्ने क्रममा निजको साथबाट कटुवा पेस्तोल एक थान, गोली राउण्ड एक, रेडमी कम्पनीको स्क्रिन टच मोबाइल एक थान, एनसेल सिम एक थान र नागरिकताको प्रतिलिपि एक थानसमेत फेला पारी रीतपूर्वक बरामद गरी निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याइएको हो ।

जिल्ला अदालत सिरहाबाट हातहतियार तथा खरखजाना मुद्दामा पाँच दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले बताए।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १० : ०५ बजे

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना