कर्णाली र भेरी करिडोरलाई प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री शाही « Khabarhub

कर्णाली र भेरी करिडोरलाई प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री शाही


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मुगु- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले चीन जोड्ने कर्णाली र भेरी करिडोरलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

मुगुको गमगढीमा आयोजित स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली र भेरी करिडोरको स्तरोन्नतिका लागि आवश्यक बजेट छुट्याउने तयारी भइरहेको बताए। चालू आर्थिक वर्षमा कर्णाली करिडोरका लागि रु तीन अर्ब र भेरी करिडोरका लागि रु दुई अर्ब छुट्याइने उनले बताए । दुवै करिडोर कर्णालीको विकास र समृद्धिका आधार भएकाले प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको मुख्यमन्त्री शाहीको भनाइ थियो ।

साविकको कर्णालीलाई विकास पूर्वाधार निर्माणमा छुट्टै नीतिको खाँचो आवश्यक रहेको उनले बताए । “हुम्लामा अझै सडक पुगेको छैन, डोल्पा र मुगुको अवस्था पनि उस्तै छ”, मुख्यमन्त्री शाहीले भने, “सुर्खेतलाई हेरेर छुट्याइने बजेटले कर्णालीमा पूर्वाधार निर्माण गर्न समस्या भइरहेको छ, प्रदेश सरकारले दुर्गम क्षेत्र लक्षित गरेर नीति ल्याउने तयारी गरिरहेको छ ।” मुख्यमन्त्री शाहीले असारको अन्तिम समयमा भुक्तानी गर्ने परिपाटीले समस्या भएको उल्लेख गर्दै यसबारे आवश्यक छानविन गरिने बताए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १० : २५ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६