सोलुमा दुई घर जल्दा ४२ लाखको क्षति | Khabarhub Khabarhub

सोलुमा दुई घर जल्दा ४२ लाखको क्षति


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुखुम्बुमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा रु ४२ लाख ८० हजार बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार भक्तबहादुरको घरको भान्साकोठाबाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रणमा लिन नसक्दा सँगै रहेको नौधनको घरसमेत पूर्णरुपमा जलेर नष्ट भएको छ ।

ढुङ्गामाटोले बनेको र टिनको छानो भएको राईद्वयको दुई÷दुईतले घरसहित घरमा रहेका सबै धनमाल जलेर नष्ट हुँदा भक्तबहादुरको रु ३१ लाख तथा नौधनको रु ११ लाख ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १० : ५० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग