गाँजा र अफिम खेती नष्ट « Khabarhub

गाँजा र अफिम खेती नष्ट


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – जिल्लाको विकट राक्सिराग र कैलाश गाउँपालिकाअन्र्तगत ४६ बिघा १६ कठ्ठा जमिनमा अवैधरूपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

प्रहरीले त्यहाँ तीन बिघा पाँच कठ्ठा जमिनमा लगाइएको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त दुवै गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको सो खेती नष्ट गरिएको हो । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि लागुऔषध खेती नष्ट गर्ने अभियानअन्तर्गत गाँजा खेती र अफिम खेती नष्ट गरेको बताइएको छ ।

सो अभियानअन्तर्गत लगातार चार दिन लगाएर प्रहरीको विभिन्न संयुक्त टोलीले गाँजा र अफिम नष्ट गरेको थियो । प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी निरीक्षक कञ्चन राजचलको नेतृत्वमा नौ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठको र्नेतृत्वमा ३८ जना तथा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्णराज ढकालको नेतृत्वमा ३६ गरी ८३ जनाको प्रहरी टोलीले सो अवैध गाँजा तथा अफिम खेती नष्ट गरेको हो ।

भौगौलिक विकटता र यातायात असुविधाका कारण प्रहरी प्रशासनको पहुँच हुन नसक्ने भएकोले उक्त खेती त्यस क्षेत्रमा हुने गरेको छ । नष्ट गर्नुपर्ने स्थान अझै धेरै बाँकी नै रहेको अनुमान गरिएको छ । प्रहरीले प्रत्येक वर्ष खेती नष्ट गर्ने अभियान चलाए पनि गाँजा र अफिम खेती बन्द नभएको स्थानीयवासीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले मकवानपुर जिल्लामा वर्षौंदेखि हँुदै आएको गाँजा र अफिम खेती अभियान चलाएर नष्ट पार्ने बताए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ११ : ०६ बजे

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर