गाँजा र अफिम खेती नष्ट « Khabarhub

गाँजा र अफिम खेती नष्ट


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – जिल्लाको विकट राक्सिराग र कैलाश गाउँपालिकाअन्र्तगत ४६ बिघा १६ कठ्ठा जमिनमा अवैधरूपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

प्रहरीले त्यहाँ तीन बिघा पाँच कठ्ठा जमिनमा लगाइएको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त दुवै गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको सो खेती नष्ट गरिएको हो । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि लागुऔषध खेती नष्ट गर्ने अभियानअन्तर्गत गाँजा खेती र अफिम खेती नष्ट गरेको बताइएको छ ।

सो अभियानअन्तर्गत लगातार चार दिन लगाएर प्रहरीको विभिन्न संयुक्त टोलीले गाँजा र अफिम नष्ट गरेको थियो । प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी निरीक्षक कञ्चन राजचलको नेतृत्वमा नौ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठको र्नेतृत्वमा ३८ जना तथा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्णराज ढकालको नेतृत्वमा ३६ गरी ८३ जनाको प्रहरी टोलीले सो अवैध गाँजा तथा अफिम खेती नष्ट गरेको हो ।

भौगौलिक विकटता र यातायात असुविधाका कारण प्रहरी प्रशासनको पहुँच हुन नसक्ने भएकोले उक्त खेती त्यस क्षेत्रमा हुने गरेको छ । नष्ट गर्नुपर्ने स्थान अझै धेरै बाँकी नै रहेको अनुमान गरिएको छ । प्रहरीले प्रत्येक वर्ष खेती नष्ट गर्ने अभियान चलाए पनि गाँजा र अफिम खेती बन्द नभएको स्थानीयवासीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले मकवानपुर जिल्लामा वर्षौंदेखि हँुदै आएको गाँजा र अफिम खेती अभियान चलाएर नष्ट पार्ने बताए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ११ : ०६ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन